मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

आज मिति २०७८ पौष महिनाको २० गते मंगलबार,श्री पाथिभरा माताको दर्शन गरि आजको राशिफल हेर्नुहोस

आज मिति २०७८ पौष महिनाको २० गते मंगलबार,श्री पाथिभरा माताको दर्शन गरि आजको राशिफल हेर्नुहोस

images
  • 179
    SHARES

  • images
    images
    images
    आज मिति २०७८ पौष महिनाको २० गते मंगलबार,श्री पाथिभरा माताको दर्शन गरि आजको राशिफल हेर्नुहोस
    images
    images
    images


    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    आज भाग्यमा वृद्धि हुनेछ । सन्तान सुखको योग छ । नयाँ र शुभ समाचार सुन्न पाइनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन पनि सकिने छ ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
    मनमा हर्ष, उमङ्ग र उत्साह छाउने छ । वैदेशिक क्षेत्रबाट राम्रो हुने र व्यापार र व्यवसाय फस्टाउने छ । पारिवारिक सद्भाव पनि बढ्ने छ ।

    images
    images
    images

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
    आज झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्ला । अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता बढ्ने छ । शत्रु पक्ष हावी पनि हुन सक्छन् ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    सरुवा र बडुवालको योग छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नुका साथै नयाँ कार्यको योजना बन्ने छ । रोकिएको धन हातलागी हुनसक्छ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    कतै घुम्न जाने योजना बन्न सक्छ । प्राविधिक काममा सफलता मिल्ने छ । जीवन साथीको सल्लाहमा गरिएको कार्यबाट सफलता मिल्ने छ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
    अकस्मात् सफलता पाईन सक्छ, तर अपमानको सम्भावना पनि रहनेछ । दैनिक कार्यहरूमा प्रगति हुनेछ । शैक्षिक क्षेत्र पनि राम्रै रहला ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
    आज नयाँ नयाँ कार्यको अवसर मिल्ने छ । धर्म, कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । अनावश्यक खर्चबाट बच्न सकिन्छ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    काम देखाएर अरूको मन लोभ्याउन सकिने छ । दाइभाइ वा मित्रबाट विशेष सहयोग मिल्न सक्छ । शेयर बजारबाट पनि लाभ मिल्ने छ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
    आज लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । कुनै कुराले मनमा शान्ति छाउनेछ । गरेको कार्यबाट सफलता मिल्ने छ ।

    मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
    आज एउटै कामबाट दोहोरो लाभ मिल्ने छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । आत्मिक सन्तुष्टि र मन प्रसन्न पनि रहला ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
    वचन दिँदा विचार गरेर बोल्नु पर्नेछ । गरेको काममा ढिलासुस्ती हुनेछ । चोटपटकको भय पनि रहला, तर साँझमा कार्य सम्पादन हुनसक्छ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
    आज ठूला व्यक्तिले तपाईँका मेहनतको प्रसङ्ग गर्नेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन्, तर विद्या र बुद्धिमा भने ह्रास आउन सक्छ ।

    images
    images

    लुम्बिनी पाना

    • मंगलवार, पौष २० २०७८०८:१७:२७
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij