बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

आज मिति २०७८ माघ २२ गते शनिबारको राशिफल हेर्नुहोस

आज मिति २०७८ माघ २२ गते शनिबारको राशिफल हेर्नुहोस

राशिफल

images
  • 515
    SHARES

  • images
    images
    images
    आज मिति २०७८ माघ २२ गते शनिबारको राशिफल हेर्नुहोस
    images
    images
    images

    मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
    शरीरमा स्फूर्ति र उमङ्गको कमी आउनेछ । मालसामान हराउन सक्छ । ससाना समस्यामा अल्झनुपर्नेछ, तर साँझमा आर्थिक लाभ मिल्न सक्छ ।


    वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
    आज राजनैतिक र सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।

    images
    images
    images


    मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
    भाग्यले विभिन्न अवसर जुराउनेछ । नयाँ काम सुरु गर्ने समय छ । चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ ।


    कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
    महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोबारमा सफलता पाइएला । लाभदायक यात्रा होला ।


    सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
    आज लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । सहकर्मीबाट विरोध आउला । नियमित खर्चसमेत बढ्ने योग पनि छ ।


    कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
    आज साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । घरमा अतिथिको आगमन पनि हुन सक्छ ।


    तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
    आज शुभारम्भको चर्चा चल्नेछ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । भ्रमणको योग पनि छ ।


    वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
    आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापारमा मनग्ये धनलाभ हुनेछ ।


    धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
    आज नयाँ र शुभकार्यको चर्चा चल्नेछ । पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । रमाइलो यात्राको सम्भावना पनि रहेको छ ।


    मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
    आज भाग्यले विभिन्न अवसर जुराउनेछ । घरमा अतिथिको आगमन हुनेछ । महत्त्वपूर्ण कामको थालनी हुनेछ । आँटेको काम पनि पुरा होला ।


    कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
    ठीक समयमा सही निर्णय लिन सकिनेछ । वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । लाभदायक यात्रा पनि हुनेछ ।


    मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
    नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ । धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ ।
    राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

    - ज्यो.प. नारायणप्रसाद दुलाल

    images
    images

    लुम्बिनी पाना

    • शनिवार, माघ २२ २०७८०८:१६:४३
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij