मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

आज मिति २०७८ माघ २८ गते शुक्रबार,आजको राशिफल हेर्नुहोस

आज मिति २०७८ माघ २८ गते शुक्रबार,आजको राशिफल हेर्नुहोस

images
  • 526
    SHARES

  • images
    images
    images
    आज मिति २०७८ माघ २८ गते शुक्रबार,आजको राशिफल हेर्नुहोस
    images
    images
    images

    आजको पात्रोः २८ माघ २०७८ शुक्रबार । तद्नुसार ११ फेब्रुवरी २०२२ । माघशुक्लपक्ष दशमी तिथि, मृगशिरा नक्षत्र, वैधृति योग, गर करण, चन्द्रमा वृष राशिमा रहेको छ । आज विहान सूर्योदय ६ः४७ मा हुनेछ भने सूर्यास्त १७ः५० मा हुनेछ । आज विहान १०ः५५ देखि १२ः१९ सम्म राहुकाल रहेको छ । राहुकाल भएको समयमा कुनै पनि शुभकार्य गर्न नहुने मान्यता रहेको छ । आजको देवता दिती र ग्रहदेव गुरु रहेको छ । शुक्रबारको दिन विशेषगरी मनोञ्जनका कार्यहरु गर्न सकिन्छ । मृगशिरा नक्षत्र भएको दिन यात्राको लागि उत्तम दिन मानिन्छ । शुक्रबार विलासिता र सौन्दर्यका सामान खरिद गर्नका लागि उपयुक्त दिन मानिन्छ ।

    मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

    images
    images
    images

    आजको दिन नजिकको देवालयको यात्रा गर्दा मनमा खसियाली छाउने छ । तपाईको मनमा सकारात्मक सोचका लागि सूर्योदयको दर्शन गरेपछि आजको दिनको शुरुवात गर्नुहोला ।  मेष राशिका जातकका लागि आजको दिन रोजगारीको क्षेत्रमा तपाईलाई नयाँ सफलता प्राप्त हुनेछ ।

    वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

    व्यापार ब्यबसायबाट प्राप्त हुने अर्थलाभले खुसियाली हुनेछ  । चन्द्रमाको साथ छ  । तपाईले निकैं सोचे अनुसार काम हुनेछ । आज विहान सूर्योदयको दर्शन गर्नुहोला । सकारात्मक सोचले मात्र तपाईले आफ्नो दैनिककाम गर्दा मनमा खुसी छाउनसक्छ । तपाईमाथि अनावश्यक आरोप लाग्नसक्छ । घर परिवारका सदस्यहरु बीच मतभेद पनि हुनसक्छ।  

    मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

    आजको दिन परिवार र आफन्तजनहरुले तपाईमाथि अनेक आरोप लगाउन सक्नेछन् । त्यसैले कसैप्रति पनि आग्रह पूर्वाग्रहको भावना नराख्नुहोला । आजको दिन  सकारात्मक सोच मात्र राखेर काम गर्नुभयो भने तपाईको मनमा खुसीयाली छाउने छ । कसैले लगाएको आरोपको विषयमा विवाद नगर्नु नैं वेश हुनेछ ।

    कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

    आजको दिन तपाईको शुभ रहेको छ । त्यसैले आजको दिन तपाईको आर्थिक र सामाजिक समस्या समाधान हुनेछ । आजको दिन कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । कसैसँग विवाद भयो भने तपाई र तपाइँसग विवाद गर्ने दुवै व्यक्तिको हानी हुनसक्छ । सामाजिक सेवाको काममा लाग्नु भयो भने मनमा सन्तोष छाउने छ ।  

    सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

    परिवार र मित्रमण्डलीबाट साथ सहयोग प्राप्त हुनेछ । यात्रा गर्नुभन्दा पहिले राहुकाल छलेर मात्र शुभ साइतको समयमा  यात्रा गर्नुहोला । परिवारका सदस्यहरुले तपाईलाई अनावश्यक आरोप समेत लगाउनसक्नेछ । आजको दिन सिंह राशिका जातकले कम बोल्नु, मौन रहनु नैं बुद्धिमानी हुनेछ । कसैसँग अनावश्यक विवाद नगर्नुहोला । सकारात्मक सोच राख्नुहोला ।  

    कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

    कन्या राशिका जातका लागि आजको दिन आफन्तसँग सम्बन्ध विग्रन सक्छ । स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिन्छ । अध्ययन अध्यापनबाट सफलता हात  लाग्नेछ । आज आम्दानीको  धनीराशिबाट महिला र बृद्ध माताहरुलाई केही उपहार दिनु होला । तपाईमाथि अनावश्यक आरोप पनि लाग्न सक्छ ।  कुनै कुमारी कन्यालाई उपहार बस्त्र दान दिनुहोला ।

    तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

    आजको दिन शुरु गरेको काम सफल हुनेछ । विहान सूर्योदयको दर्शन गर्नुहोला।  कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नुहोला । कुनै काम बीचमा छोडेको छ भने त्यो कामका पुरा नहुँदा मनमा चिन्ता भइरहन्छ । आर्थिक कारोबार गर्दा  ध्यान दिनु पर्ने छ।

    वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

    वृश्चिक राशिका जातकका लागि आज कार्यायोजनाअनुसार काम गर्नुभयो भने सफलता मिल्नेछ । शिवालयमा गएर जल अर्पण गर्नुभयो सोचे अनुसार काम बन्नेछ । देवालयको नाम स्मरण मात्रले पनि मनमा शान्ति मिल्नेछ । अध्यात्मिक सेवामा केही समय दिनुभयो भने तपाईको कार्यमा सफलता मिल्नेछ।

    धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

    त्यसैले आजको दिन तपाईले सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । यात्रामा सफलता मिल्नेछ । यात्रा गर्दा प्रयोजनमूलक यात्रा मात्र गर्नुहोला । सामुहिक यात्राले तपाईहरुको लागि मनोरञ्जन दिनेछ । धनु राशि भएका जातका लागि ग्रहहरु बलिया भएका छन् । 

    मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

    तपाईलाई आफन्तजनको सहयोगले मनमा खुसी प्राप्त हुनेछ । आजको दिन शिवालयको  मन्दिरको दर्शन गर्नाले मनमा प्रसन्नता छाउनेछ । अर्थलाभका कामबाट मानमा हर्ष छाउने छ । व्यापार ब्यबसायबाट सफलता प्राप्त हुनेछ । छोटो दुरीको यात्रा गर्दा फलदायी हुनेछ । आज आफन्तजनको साथ सहयोगले तपाईको मनमा प्रसन्नता छाउने छ ।

    कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

    कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम  हुनेछ । शत्रुमाथि विजयप्राप्ति हुनेछ । ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ। आजको दिन देवालयको दर्शन गर्नुभयो भने तपाईको मनमा थप शक्ति मिल्नेछ । आज कसैसँग पनि अनावश्यक विवाद नगर्नुहोला ।

    मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

    विहान सूर्योदयको दर्शन गरेर मात्र दिनको शुरुवात गर्नुहोला । सकारात्मक सोच र अध्ययन अध्यापनमा मन लाग्नेछ । मीन राशिका जातकका लागि अध्यापन, लेखनमा रुचि बढ्नेछ। व्यापार ब्यबसायमा हुनुहुन्छ भने लाभ हुनेछ । सामाजिक सेवाका काममा समय दिनु भए राम्रो हुनेछ । आजको दिन अध्ययन लेखनमा मन जानेछ । साँझको समयमा शिवालय यात्रा फलदायी हुनेछ ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij