बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

आज मिति २०७८ फागुन २१ गते शनिवारको राशिफल हेर्नुहोस

आज मिति २०७८ फागुन २१ गते शनिवारको राशिफल हेर्नुहोस

images
  • 454
    SHARES

  • images
    images
    images
    आज मिति २०७८ फागुन २१ गते शनिवारको राशिफल हेर्नुहोस
    images
    images
    images

    मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
    आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । शैक्षिक क्षेत्रमा समस्या आउला, तर वैदेशिक कार्य अघि बढ्नेछ ।

    वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
    आज लाभदायी यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । ज्ञान, वैराग्य र अध्यात्मको भावना जाग्न सक्छ ।

    images
    images
    images

    मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
    धार्मिक कार्य र सभासमारोहमा सरिक हुने सम्भावना छ । जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । यात्राबाट पनि सफलता मिल्नेछ ।

    कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
    रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । रोकिएका अधुरा कामहरू पुरा हुनसक्छ । स्वास्थ्य सबल नै रहनेछ ।

    सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
    आफन्तसँग मनमुटाव बढ्ला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । विवेकले काम नगर्न सक्छ र खानपिनमा सचेत रहनु नै उचित हुनेछ ।

    कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
    हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् । सहयोगीको साथले फाइदा हुने काम गरिनेछ ।

    तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
    आज कुनै कुराले मनमा शान्ति छाउनेछ । पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

    वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
    आज परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।

    धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
    आज शुभकार्यको चर्चा चल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । धार्मिक यात्रा गर्ने अवसर प्राप्त हुनेछ । इष्टमित्रहरूसँग भेटघाट हुनेछ ।

    मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
    आफूलाई मन लागेको कुरा खरिद गर्न सकिन्छ । आफन्तले कुनै माध्यमबाट सहयोग गर्नेछन् । कसैकसैका लागि सन्तान प्राप्तिको योग पनि छ ।

    कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
    लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् ।

    मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
    आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।
    राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।
    - ज्यो.प. नारायणप्रसाद दुलाल

    images
    images

    लुम्बिनी पाना

    • शनिवार, फाल्गुण २१ २०७८०७:१२:३८
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij