सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

देवदहमा मकै महोत्सव र मकै सभ्यताको चर्चा

देवदहमा मकै महोत्सव र मकै सभ्यताको चर्चा

images
  • 607
    SHARES

  • images
    images
    images
    देवदहमा मकै महोत्सव र मकै सभ्यताको चर्चा
    images
    images
    images

    देवदह । देवदहमा रैथाने खाना र मकै सभ्यताको विषयमा चर्चा गरिएको छ ।देवदह प्रेस क्लबको आयोजनामा सुरु भएको ३ दिने मिडिया फेस्टिबलको दोस्रो दिनको सेसनमा रैथाने खाना र मकै सभ्यताको विषयमा चर्चा गरिएको हो। त्यस्तै देवदह नगरपालिका वडा नम्बर ५ को आयोजना र कलुवा कृषि सहकारी संस्था लिमिटेड देवदहको सह- आयोजनामा प्रथम मकै महोत्सव समेत सम्पन्न भएको छ। 

    रैथाने खाना र मकै सभ्यताको विषयमा बालि बिज्ञान केन्द्र रुपन्देहीका प्रमुख सालिकराम गौतम, कलुवा कृषि सहकारी संस्थाका अध्यक्ष चक्रपाणि न्यौपाने र रुपन्देहीको मणिग्राममा मिस्टर कर्न नामक मकैका परिकार बनाइने होटेल संचालन गर्दै आएका युवा व्यवसायी राजेन्द्र बहादुर श्रेष्ठ संग मकैको इतिहास, उत्पादन र बजारका चुनौती र मकै बाट बन्ने परिकारका विषयमा चर्चा गरिएको थियो। जसको सहजीकरण पत्रकार राम बहादुर गुरुङले गर्नुभएको थियो। 

    images
    images
    images

    त्यस्तै 'देवदह मकै पकेट क्षेत्रको पहिचान, मकैको बजारीकरण हाम्रो अभियान' भन्ने मूल नारा र अभियान सहित मकैको पकेट क्षेत्र घोषणा गरिएको देवदह- ५ मा मकै महोत्सव सम्पन भएको छ। मकै महोत्सवको अवसरमा  ३५  जना स्थानीय कृषकलाई सम्मान समेत गरिएको छ। 

    मकै महोत्सवमा देवदह नगरपालिकाका नगर प्रमुख धुब्र प्रसाद खरेल,उपप्रमुख विद्या लक्ष्मी गुरुङ, नगर प्रबक्ता तथा वडा नम्बर ५ का अध्यक्ष गणेश डुम्रे,बालि बिज्ञान राजनीतिक दलका प्रतिनिधि, बिभिन्न संघ संस्थाका पदाधिकारी लगायतको सहभागिता रहेको थियो। 

    के हो मकै 
    पहाड र तराईमा समेत सजिलै उत्पादन हुने मकै विश्व भर तथा नेपालमा समेत विभिन्न परिकार बनाएर खाजा र खानाका रुपमा खाने गर्दछन् ।मकैको स्वादका कारण यसका विभिन्न परिकार बनाएर,सुपर मार्केट, फिल्म हल, होटेल देखि लिएर साधारण फुटपाथमा समेत यसको बिक्री हुने गर्दछ ।

    मकैलाई भुटेर, उसिनेर, पोलेर तथा कुटेर समेत उपभोग गरिन्छ । मकैको सेवन स्वास्थ्यका लागि निकै लाभदायी मानिन्छ । 
    पछिल्लो समय मायाको चिनोको रुपमा समेत मकैको प्रयोग गरेर देवदह प्रेस क्लबले नयाँ अभ्यासको थालनी गरेको छ। देवदह नगरपालिका वडा नम्बर ५ ले आयोजना गरेको मकै महोत्सवमा समेत मायाको चिनोको रुपमा मकै दीइएको थियो।  

    मकैको फाइदा बारे चर्चा गरौं ।

    १. मकैमा फाइबरको मात्रा प्रशस्त हुन्छ, यसले पाचन प्रणलीलाई सन्तुलित बनाउने गर्दछ ।
    २. मकैको नियमित सेवन गरेमा मानिसमा एसीडीटी र कब्जियतको समस्या हटेर जान्छ ।
    ३. मकैको सेवनले कोलस्ट्रोल घटाई मुटुरोगको सम्भावनालाई समेत टार्ने गर्दछ ।
    ४. मकैमा पर्याप्त मात्रामा फोलिक एसिड पाइने हुँदा गर्भवती महिलाका लागि फाइदाजनक हुन्छ ।
    ५. मकैमा हुने एन्टिअक्सिडेन्टले छाला तथा तन्तुलाई स्वस्थ राख्दछ ।
    ६. नियमित मकैको खाने मानिसमा रोगप्रतिरोधात्मक क्षमता बढ्ने गर्दछ ।
    ७. हड्डिमा समस्या हुनेले पोलेको मकै खानु निकै उपयोगि मानिन्छ, यसले हड्डी बलियो बनाउँछ ।
    ८. पोलेको मकैमा हुने कपर, म्याग्नेसियम, आइरन र फोस्फोरसले समेत हड्डीलाई फाइदा गर्छ ।
    ९. भुटेको वा पोलेको मकै खाएमा यसले शक्ति अभिवृद्धि गरी कार्बोहाइड्रेटको मात्रा बढाउँछ ।
    १०. सातामा ३/४ पटकसम्म मकैको खानेहरुमा पेट सम्बन्धी रोगको समस्या कम हुँदै जान्छ ।

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij