सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

निर्माण सहकारीले धान रोपाइँ गरि मनायो १३औं स्थापना दिवस

निर्माण सहकारीले धान रोपाइँ गरि मनायो १३औं स्थापना दिवस

images
  • 403
    SHARES

  • images
    images
    images
    निर्माण सहकारीले धान रोपाइँ गरि मनायो १३औं स्थापना दिवस
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । रुपन्देहीको देवदहमा अवस्थित निर्माण बहुउद्देश्यीय सहकारी संस्था देवदहले आज धान रोपाईसँगै १३ औं स्थापना दिवस मनाएको छ । २०७० सालमा स्थापना भएको संस्थाले देवदह–८ पाकरी स्थित कृषि फार्ममा धान रोपाईँ कार्यको सुरुवात गर्दै स्थापना दिवस मनाएको हो ।

    स्थापना दिवदको अवसरमा बोल्दै देवदह -८ का वडाअध्यक्ष हरि पाण्डेले सहकरीले उद्धेश्य बमोजिमको कारोवार गर्ने हो भने वित्तिय जोखिम कम हुने बताए । पछिल्ला बर्षहरुमा सहकारीहरुप्रति गलत र कुप्रचार गरिएको भन्दै नीति, विधि र पद्धतिमा चल्ने सहकरीहरु जोखिममा नपर्ने बताए ।

    images
    images
    images

    बहुउद्देश्यीय सहकारीहरुले विभिन्न क्षेत्रमा काम गर्न सक्ने बताउँदै उनले सेयर सदस्यलाई उत्पादनसँग जोड्ने र सहकारीले बजारीकरणमा ध्यान दिन जरुरी रहेको उल्लेख गरे । निर्माणले कृषि क्षेत्रमा काम गरिरहेको भन्दै अध्यक्ष पाण्डेले सेयर सदस्यहरुलाई समुहमा जोडेर थप जग्गामा उत्पादनमुखी काम गर्न सुझाए । आवश्यक परेमा जग्गा व्यवस्थापनको लागि आफुँ सहजीकरण गर्न तयार रहेको उनले बताए । 

    कार्यक्रममा संस्थाको बार्षिक कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष मोतीलाल ढकालले सेयर सदस्यलाई सहकारी प्रति आकर्षित गर्न सहकारी शिक्षा कार्यक्रमलाई निरन्तरता दिने बताए । उनले संस्थाको सेयर पुँजी र बचत वृद्धि गर्नका लागि आकर्षक कार्यक्रमहरु तय गरिने र सामुहिक कृषिमा सेयर सदस्यहरुलाई क्रमशः प्रोत्साहन गरिने जानकारी दिए । 

    संस्थाले संघ, प्रदेश र स्थानीय निकायसँगको सहकार्य र सह लगानिमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने बताउँदै उनले आगामी आर्थिक वर्षलाई उद्यमशिलता वर्षको रुपमा लिँदै उद्यमी सेयर सदस्य पहिचान गरी उनीहरुको उत्पादनलाई बजारीकरणमा सहयोग गर्ने बताए । 

    उपाध्यक्ष सुन्दरी गिरीको स्वागत र व्यवस्थापक सुशिला भण्डारीको सञ्चालनमा भएको कार्यक्रममा संस्थाका पदाधिकारीहरु, सल्लाहकार, लेखा समितिका पदाधिकारीहरु, उपसमितिका सदस्य तथा सेयर सदस्यहरुको उपस्थिति थियो । संस्थाले शुक्रवार नै करिव डेढ विगाहा क्षेत्रमा धान रोपाई गर्ने जनाएको छ ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij