सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

देवदहमा कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कृषि यन्त्र हस्तान्तरण

देवदहमा कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कृषि यन्त्र हस्तान्तरण

images
  • 576
    SHARES

  • images
    images
    images
    देवदहमा कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कृषि यन्त्र हस्तान्तरण
    images
    images
    images

    लुम्बिनी पाना, देवदह।रुपन्देहीको देवदह नगरपालिकामा कृषकहरुलाई कृषि सामाग्री हस्तान्तरण गरिएको छ। देवदह नगरपालिकाले कृषकहरुको लागत साझेदारीमा कृषकहरुलाई कृषि यन्त्र प्रदान गरेको हो । देवदह नगरपालिकाको १० र कृषकहरुको १० गरी २० लाख बरावरको कृषि यन्त्र एक कार्यक्रमका वीच कृषकहरुलाई प्रदान गरिएको हो ।

    उत्पादन लागत घटाई उत्पादन बृद्धि गर्नको लागि ५० प्रतिशत अनुदानमा कृषकहरुलाई कृषि यन्त्र प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।

    images
    images
    images

    नगरपालिकाले वाटर टिलर ३ थान, बम्वाईन ६ थान, मिनिटिलर ९ हर्षपावरको १४ थान, मिनिटिलर ७ हर्षपावरको २ थान, मकै गोड्ने मेसिन ५ थान, मकै छोडाउने मेसिन ३ थान र मकै लगाउने÷रोप्ने मेसिन ४ थान कृषकहरुलाई हस्तान्तरण गरिएको कृषि शाखा प्रमुख राजेन्द्र चौधरीले जानकारी दिनु भयो ।

    व्यवसायीक कृषकहरुलाई लक्षित गरी मागको आधारमा कृषि यन्त्र हस्तान्तरण गरिएको चौधरीले जानकारी दिनु भयो । सोही अवसरमा बोल्दै देवदह नगरपालिका प्रमुख धु्रवप्रसाद खरेलले कृषि उपकरणलाई सदुपयोग गर्दै उत्पादन बृद्धि तर्फ लाग्न कृषिकहरुलाई आग्रह गर्नु भयो । उहाँले नगरपालिकाले उत्पादन बृद्धि र उत्पादन लागत घटाउनको लागि प्रत्येक बर्ष कृषि उपकरण कृषकहरुलाई प्रदान गरिएको बताउदै कृषि पेशालाई व्यवसायीक बनाउन आवश्यक रहेकोमा जोड दिनु भयो । 

    नगर प्रमुख खरेलले कृषि यन्त्रलाई सही तरिकाले उपयोग गरमा उत्पादन बृद्धि हुने बताउृनु भयो । नगर प्रमुख खरेलले उत्पादन लागत बढी भएका कारण जग्गा बाझो रहेको बताउँदै जग्गा बाझो राख्न नहुने अभियान चलाउन आवश्यक रहेको बताउनुभयो । देवदह नगरपालिकाले कृषि र पर्यटनलाई प्राथमिकता दिएको बताउदै उत्पादन बृद्धिको लागि नगरपालिकाले पकेट क्षेत्र घोषणा गरेर अगाडि बढेको बताउनु भयो । 

    नगर प्रमुख ध्रुव प्रसाद खरेलको अध्यक्षता, उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गको स्वागतमा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौडेल, कृषि शाखा प्रमुख राजेन्द्र चौधरी लगायतको सहभागिता रहेको थियो । कृषि शाखाका कृषि प्राविधिक पविन्द्र मल्लको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij