सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

देवदहमा अब खेतियोग्य जमिनलाई बाँझो राख्न नपाईने

देवदहमा अब खेतियोग्य जमिनलाई बाँझो राख्न नपाईने

कृषि

images
  • 2.1K
    SHARES

  • images
    images
    images
    देवदहमा अब खेतियोग्य जमिनलाई बाँझो राख्न नपाईने
    images
    images
    images

    देवदह । देवदह नगरपालिका भित्र रहेका खेतियोग्य जमिनलाई बाँझो राख्न नपाईने नीति नगरपालिकाले ल्याउने भएको छ । आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख ध्रुव प्रसाद खरेलले कृषि योग्य जमिन बाँझो राख्न नपाइने नीति अवलम्बन गरिने उल्लेख गरेका हुन् ।

    त्यस्तै कृषकहरुलाई प्रोत्साहन गर्न आवश्यक अनुदान तथा प्राविधिक सहयोग उपलब्ध गराइने र कृषि समूह तथा सहकारी मार्फत उन्नत जातको विउ, फलफूलका विजनमा आवश्यक अनुदानको व्यवस्था गरिने, व्यवसायिक कृषिसहकारी तथा सामुहिक खेति गर्ने किसानलाई प्रोत्साहित गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

    images
    images
    images

    नीति तथा कार्यक्रममा युवाहरुलाई कृषि पेशातर्फ आकर्षित गरि उत्पादन वृद्धि गर्न कृषि उपकरण तथा यन्त्र औजारमा अनुदानको व्यवस्था गरिने, देवदहका विभिन्न खेतियोग्य स्थानहरुको माटो परिक्षण कार्यक्रम संचालन गरिने,जग्गाको चक्लाबन्दी गर्ने कृषकहरुलाई प्रोत्साहन गरिने, उत्पादनमा आधारीत अनुदानका लागि कार्यविधि तयार गरिने, "एक वडा एक नर्सरी" कार्यक्रमलाई निरन्तरता र मौरी पालन कार्यक्रमलाई प्रोत्साहन गरिने विषयलाई समेटिएको छ।

    देवदह नगरपालिका अन्तर्गत वडा नं. २ मा अवस्थित पेटबनीयाँ सामुदायिक वनको क्षेत्रमा शित भण्डारको लागि डि.पि.आर. संमेत भई सकेकोले जग्गा प्राप्तिको सहमतिको लागि वन तथा वातावरण मन्त्रालयमा पठाई संघ तथा प्रदेश सरकारको सहयोगमा सोको कार्यान्वयन प्रक्रिया अगाडी बढाइने, देवदह ७ स्थित कोसेली घर संचालनमा ल्याई स्थानीय उत्पादनको बजारीकरणमा प्रोत्साहन गरिने र कृषि साप्ताहिक हाट बजारलाई व्यवस्थित गर्न आवश्यक पूर्वाधार निर्माण गरिने छ ।

    यस वर्ष संघ तथा प्रदेश सरकारको सहकार्यमा सहदवनिया बजारमा सेड निर्माण गरि व्यावस्थापन गरिने उल्लेख छ। आधुनिक तथा व्यवसायिक तरकारी खेती गर्न इच्छुक किसानहरुलाई प्लाष्टिक टनेल, थोपा सिचाई, मल्चिङ्ग लगायतका प्रविधिहरुमा आवश्यक अनुदानको व्यवस्था गरिने, कृषि मिटरको विद्युत महशुलमा पचास प्रतिशत अनुदानको व्यवस्था गरिने, सरनटाडिको सिमि प्रवर्दन गर्न सिमि प्रर्वदन कार्यक्रम लागु गरिने,मकै, आलु, धान, गहुको पकेट क्षेत्र निर्धारण गरि आर्थिक, प्राविधिक सेवा तथा मकै महोत्सवलाई निरन्तरता दिइने छ ।देवदह ८ मा संचालित बहुतले वालि लाई प्राङ्गारिक मल निःशुल्क प्रदान गरिने नीति देवदह नगरपालिकाले सार्वजनिक गरेको छ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij