सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

दुध बाट समृद्द बन्न सक्छ देवदह

दुध बाट समृद्द बन्न सक्छ देवदह

images
  • 1.5K
    SHARES

  • images
    images
    images
    दुध बाट समृद्द बन्न सक्छ देवदह
    images
    images
    images

    निर्मल एसपी मगर । रुपन्देहीको देवदह नगरपालिकाका अधिकांश किसानहरु दुध उत्पादन तथा बिक्री बाट आत्मनिर्भर बन्दै गएका छन् ।पहिले खैरेनी बजारका केहि चिया पसलहरुमा दुध बिक्रि गर्दै आएका किसानहरु अहिले नगर भित्र विभिन्न सहकारी संस्था तथा उद्योगहरुले स्थापना गरेको चिस्यान तथा संकलन केन्द्रमा दुध जम्मा गर्दै आएका छन् ।

    20230703192440_IMG_7020.JPG

    images
    images
    images

    दुधको कारोबार गर्ने उदेश्यले देवदह - ७ खैरेनीमा स्थापना भएको देवदह दुग्ध सहकारी संस्थाले स्थापना गरेको संकलन केन्द्रमा हिजोआज दैनिक १९ सय लिटर बढी दुध संकलन हुने गरेको छ । किसानहरुले उत्पादन गरेको दुध सहकारीले सहज रुपमा लिने गरे पछि देवदहका १२ वटै वडाका किसानहरू नजिकैको संकलन केन्द्रमा दुध जम्मा गर्दै आएका छन् ।

    देवदह -५ का ५१ वर्षीय गिर प्रसाद पाण्डेयले प्रत्येक दिन ५० लिटर सम्म दुध चिस्यान केन्द्रमा ल्याउने गरेका छन् । २०५३ साल देखि गाई/भैसिं  पालन गरेका पाण्डे देवदह दुग्ध सहकारीका पूर्व अध्यक्ष तथा हाल लेख समितिका संयोजक समेत हुन्। कृषकलाई राज्यले वेवास्ता गरेको कारण किसानहरु पलायन भएको पाण्डेयले बताए। राज्यले किसानलाई हेर्ने दृष्टिकोण परिवर्तन गरि कृषिमा केन्द्रित लगानी गर्नुपर्ने उनको भनाई छ।

    देवदह -७ का ४५ वर्षीय तारा प्रसाद भट्टराईले व्यावसायिक ढंगले दुधको कारोबार गर्न लागेको ३ वर्ष पुग्न लाग्यो। हाल दैनिक ६० लिटर दुध भट्टराईले संकलन केन्द्रमा ल्याउने गरेका छन्। कृषकलाई हौसला प्रदान गर्दै पालिकाले मासिक रुपमा पशुको स्वास्थ्य जांच गरि घुम्ती शिविर संचालन गर्नुपर्ने भट्टराईको सुझाव छ। साथै नगरपालिकाले दुधमा अनुदान समेत दिनुपर्ने उनको माग छ।

    देवदह -५ कलुवाका ६७ वर्षीय भुपराज भट्टराईको गोठमा १२ वटा गाई छ। उनले दैनिक ४० लिटर सम्म दुध चिस्यान केन्द्रमा संकलन गर्ने गर्छन। १५ वर्ष देखि निरन्तर यहि व्यावसायमा लागेका भट्टराई जस्ता धेरै जनाको दुग्ध उत्पादन र बिक्रि बाट गुजारा मात्र चलेको छैन, घर बनाउन, छोरा छोरिहरुलाई उच्च शिक्षा पढाउन समेत सहयोग पुगेको छ। 

    देवदह क्षेत्रमा दुग्ध उत्पादन व्यायसाय बाट मनग्गे आम्दानी गरेका उदाहरणहरु प्रसस्त भेटिन्छन् । स्थानिय चोलाकान्त गौडेल, मन बहादुर थापा, हरि कुमाल,टोप बहादुर थापा, गणेश अर्याल, घनश्याम भण्डारी लगायतका कृषकहरु दुग्ध उत्पादन तथा बिक्री गर्दै घरको जोहो टार्ने पंतिमा पर्दछन् । उनिहरुले दैनिक जसो ५ देखि १२ लिटर सम्म दुध संकलन केन्द्रमा जम्मा गर्दै आएका छन् । 

    देवदह -६ मा रहेको देवदह दुग्ध सहकारीमा दैनिक रुपमा दुध संकलन गर्ने कृषकको भिड लाग्ने गर्छ। दैनिक १९ सय लिटर दुध संकलन हुने उक्त सहकारी २०५२ सालमा स्थापना भई संचालनमा आएको छ । उक्त सहकारीले दुध संकलन सङ्गै किसानलाई सहुलियतमा दाना विक्री समेत गर्दै आएको छ।त्यसै गरि २०५२ सालमा स्थापना भएर दुध सम्बन्धि कारोबार हुने राधा कृष्ण दुग्ध सहकारीमा दैनिक ७ सय लिटर दुध संकलन हुँदै आएको छ। 

     

    देवदहब -२ मा वि.स. २०५४ सालमा स्थापना भएको जन उथ्थान दुग्ध सहकारी संस्थामा हाल दैनिक ५ सय ५० लिटर बढी दुध संकलन हुँदै आएको छ।विगतमा हजार देखि १२ सय लिटर दुध संकलन हुँदै आएकोमा अहिले दुध उत्पादन घटेको संस्थाका अध्यक्ष जागेश्वर पङ्गेनीले बताए।

    त्यस्तै देवदह -३ मा स्थापना भएको कामधेनु दुग्ध उत्पादन सहकारीमा हाल दैनिक २ सय ५० देखि ३ सय लिटर दुध संकलन हुँदै आएको छ। 'पहिले ५ सय लिटर सम्म दुध संकलन हुन्थ्यो', सहज ढंगले दाना नपाइने तथा कोरोना र महङ्गीले कृषक पलायन हुँदा उत्पादन घटेको उक्त संस्थाका अध्यक्ष भानुभक्त खनालले बताए।

    त्यस्तै देवदह -३ रहेको गुराँस दुग्ध सहकारी संस्थाले दैनिक ३ सय ५० लिटर दुध संकलन गर्दै आएको छ। वि.स. २०६४ सालमा स्थापना भएको सहकारीमा हाल स्थानीय कृषकले दुध संकलन गर्दै आएको संस्थाका अध्यक्ष दिनानाथ पाण्डेले बताए।

    सहकारीले किसानहरु बाट संकलित दुधलाई संकलन गरि काठमाडौं,  हेटौडा, विराटनगर, बुटवल लगायतका सहरमा पठाउने गरेका छन। त्यस्तै स्थानीय बजार र स्थानीय उद्योगमा समेत खपत हुने गरेको छ। सहकारीले दुध संकलनका साथै बिउ बिजन तथा मल खरिद बिक्रि लगायतका कार्यहरु समेत गर्दै आएको छ ।

    देवदहमा हाल मासिक २ लाख लिटर भन्दा बढी दुध उत्पादन हुने गरेको छ। वार्षिक २८ लाख लिटर दुध उत्पादन हुँदा झन्डै १८ करोडको कारोबार हुने गरेको देवदह नगरपालिका पशु शाखा संग तथ्यांक रहेको छ। २०७८/०७९ मा ३५ लाख लिटर दुध उत्पादन भएको थियो।अघिल्लो आवको तुलनामा चालु आर्थिक वर्षमा  झन्डै ७ लाख लिटर दुध उत्पादन घटेको देवदह नगरपालिका पशु विकास अधिकृत प्रविन गौडेलले जानकारी दिए। देवदहमा हाल ११ वटा दुग्ध उत्पादक सहकारी संस्थाले दुग्ध सम्बन्धि कारोबार गर्दै आएका छन्। 

     

     

    images
    images

    निर्मल (एसपी) थापा

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij