सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

धान दिवसले किसान र कृषिलाई प्रोत्साहन गर्छ: महिला मन्त्री चौधरी

धान दिवसले किसान र कृषिलाई प्रोत्साहन गर्छ: महिला मन्त्री चौधरी

images
  • 451
    SHARES

  • images
    images
    images
    धान दिवसले किसान र कृषिलाई प्रोत्साहन गर्छ: महिला मन्त्री चौधरी
    images
    images
    images

    सुनसरी। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले असार १५ गते मनाइने राष्ट्रिय धान दिवसले किसान र कृषिलाई प्रोत्साहन गर्ने बताउनुभएको छ ।

    आज नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबी सुनसरीले राष्ट्रिय धान दिवसको अवसरमा आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो । शान्ति सुरक्षा कायम गर्नका निम्ति सुरक्षा निकायको विशेष भूमिका रहेको भन्दै उहाँले जो जहाँ छ त्यो व्यक्ति वा निकायले देश र समाजका निम्ति विशेष भूमिका खेल्नुपर्ने बताउनुभयो ।

    images
    images
    images

    सूचना क्षेत्र, सञ्चारको क्षेत्रमा, शान्ति सुरक्षा कायम गर्ने सन्दर्भमा नेपाली सुरक्षाकर्मीको भूमिका महत्त्वपूर्ण रहेको भन्दै मन्त्री चौधरीले भन्नुभयो, ‘सुरक्षा निकायमा काम गर्ने सबै व्यक्तिहरूले । अन्य सार्वजनिक सेवामा काम गर्ने व्यक्तिहरूले पनि घरपरिवार सबै छाडेर देशको सेवामा आफूलाई समर्पित गर्दै आउनुभएको छ । त्यस कार्यप्रति हामी उच्च प्रशंसा गर्दछौँ ।’

    सकारात्मक सोचका साथ अगाडि बढ्न समेत आग्रह गर्दै मन्त्री चौधरीले मुलुक बनाउनका निम्ति नेपालको रक्षा गर्नका निम्ति मुलुकको उर्वराको रक्षा गर्नका निम्ति सबैले भूमिका खेल्नुपर्ने बताउनुभयो ।

    धान दिवसलाई राष्ट्रिय उत्सवको रूपमा मनाउँदै आएको भन्दै उहाँले यो दिवसले किसान र कृषि क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । ‘परम्परागतदेखि नै असारमा केही न केही कार्यक्रम गर्दै आएको पाइन्छ । २०६१ सालदेखि नेपाल सरकारले असार १५ गतेलाई धान दिवस मनाउँदै आएको हो’, उहाँले भन्नुभयो । उहाँले बच्चा देखि नै यस्तो कुराहरू परिवारमा समेत मनाउने प्रचलन रहेको स्मरण गर्नुभयो ।

    यस वर्षदेखि नेपाल सरकारले कृषि दशक वर्ष मनाउन सुरु गरेको भन्दै उहाँले तर भने जति बजेट भने व्यवस्था हुन सकेको छैन । ‘यसलाई बिस्तारै वृद्धि गर्दै लैजानुपर्छ । यस्ता कार्यक्रम सञ्चालन गर्दा बजेटको सीमितताका कारण समस्या हुने गरेको छ’, मन्त्री चौधरीले भन्नुभयो ।

    सरकारले दिने स्रोतसाधन प्रायः सबै क्षेत्रमा कमी भएका कारण काम गर्नका निम्ति कठिनाइका बिच त्यसलाई व्यवस्थापन गर्न सकिने उहाँले बताउनुभयो । राज्यले सुरुआत गरेको धान दिवसले किसानहरू प्रोत्साहित हुने मन्त्री चौधरीले बताउनुभयो ।

    नेपालको ब्रान्ड यो हो भनेर केही विशेष उत्पादनहरूमा हुनुपर्ने भन्दै उहाँले परम्परागत रूपमा जानेको सीपलाई केही वैज्ञानिकता मिलाएमा अझ प्रभावकारी हुने बताउनुभयो ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij