सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

अन्तर्राष्ट्रिय बजारमा नेपाली चिया तथा कफीको माग बढ्दै

अन्तर्राष्ट्रिय बजारमा नेपाली चिया तथा कफीको माग बढ्दै

images
  • 337
    SHARES

  • images
    images
    images
    अन्तर्राष्ट्रिय बजारमा नेपाली चिया तथा कफीको माग बढ्दै
    images
    images
    images

    काठमाडौं– अन्तर्राष्ट्रिय बजारमा नेपाली चिया तथा कफीको माग बढ्दै गएको छ । चिया तथा कफी विकास बोर्डको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९-०८० मा ७७ मेट कफी विदेशमा निर्यात गरिएको थियो भने आव २०७८-०७९मा ७२ मेट उत्पादन गरी नौ करोड ६० लाखको निर्यात गरिएको थियो ।

    बोर्डले आव २०८०-०८१ को विस्तृत तथ्यांक संकलन कार्य भइरहेको जनाएको छ । आ.व २०७८-०७९मा देशभर ४५० मेट कफीको आयात गरी ३२ करोड खर्च गरिएकामा आव २०७९-०८० मा रु १० करोडको मात्र आयात गरिएको थियो । यो करिब २२ करोडले आयात न्यूनीकरण भएको बोर्डका निर्देशक दिपक खनालले जानकारी दिए। उनले कफीका लागि उपयुक्त हावापानी र क्षेत्र विस्तारले उत्पादनमा पनि वृद्धि भएको बताए । 

    images
    images
    images

    हाल देशभर तीन हजार छ सय ५९ हेक्टर क्षेत्रफल जमिनमा कफी विस्तार गरी करिब तीन सय ९५ मेट्रिकटन ‘ग्रिनविन’ उत्पादन गरिएको छ ।

    यस क्षेत्रमा कार्यरत कृषकको सङ्ख्या हाल ३३ हजार छ भने नेपाली कफीको अन्तर्राष्ट्रिय बजारमा माग करिब १४ हजार मेट्रिकटन रहेको बोर्डले जनाइएको छ । नेपालमा गुल्मी, पाल्पा, अर्घाखाँची, ललितपुर, तनहुँ, काभ्रे, सिन्धुपाल्चोक, लमजुङ, कास्की, गोर्खा, स्याङ्जा, पर्वत, बागलुङलगायत ४३ जिल्लामा यसको व्यावसायिक खेती हुँदै आएको जनाइएको छ ।

    यस्तै आव २०७८-०७९मा देशभर चियाको निर्यात रु तीन अर्ब ८० करोड रहेकामा आ.व २०७९-०८० मा करिब रु. १४ करोडले वृद्धि भएको छ । चिया उद्योगको सङ्ख्या एक सय ६१ पुगेको छ । यस क्षेत्रमा करिब ६० हजार श्रमिक कार्यरत रहेको बोर्डका अधिकृत चन्द्र पुरीले जानकारी दिए।

    images
    images

    लुम्बिनी पाना

    • सोमवार, कार्तिक १९ २०८१०७:५३:३५
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij