सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

सरनबारीमा उत्पादन हुने सिमी कोल्डस्टोरमा भण्डारण गरिने : किसानहरूको लागि नयाँ अवसर

सरनबारीमा उत्पादन हुने सिमी कोल्डस्टोरमा भण्डारण गरिने : किसानहरूको लागि नयाँ अवसर

images
  • 549
    SHARES

  • images
    images
    images
    सरनबारीमा उत्पादन हुने सिमी कोल्डस्टोरमा भण्डारण गरिने : किसानहरूको लागि नयाँ अवसर
    images
    images
    images

    मंसिर ६, देवदह । रुपन्देहीको देवदह नगरपालिकाका -६ स्थित सरनबारीमा वार्षिक करोडौं मूल्य बराबरको सिमी उत्पादन हुने गर्दछ। सरनवारीमा करिव ४० हेक्टर कृषि योग्य क्षेत्रफलमा वार्षिक रुपमा करोडौको अर्गानीक लौरे सिमी उत्पादन गरि विक्रीवितरण हुने गरेको छ।

    बारीमै ब्यापारी पुग्ने र मोलतोल गरी विक्री हुँदै आएको यहाँको सिमी अब भने कोल्ड स्टोरमा राखेर सिजनपछि समेत बजारमा पठाइने भएको छ ।

    images
    images
    images

    नगरपालिकाको कृषि शाखाले परिक्षणको रुपमा यो वर्ष एक टन सिमी सुनवलस्थित कोल्डस्टोरमा पठाउने र सिजन सकिएपछि बजारमा लैजाने भएको हो । बिहिबार स्थानीयसंग कुरा गर्दै शाखा प्रमुख सुस्मिता गौतमले सिमी प्रबर्द्धनको लागि नगरपालिकाले कोल्डस्टोरको अवधारणा अगाडि सारेको बताइन् । "हामी यहाँको सिमीले उचित मूल्य पाओस् भन्ने चाहान्छौं । सिजन सकिएपछि सामान्यभन्दा राम्रो बजार सिमीले पाउने भएकोले १-२ महिना कोल्डस्टोरमा सुरक्षित गर्न सकियो भने सस्तोमै सिमी बेच्नुपर्ने बाध्यताको अन्त्य हुनेछ ।" स्थानीय सिमी उत्पादकहरूको भेलामा उनले भनिन्, "यो वर्ष सबै लागत नगरपालिकाले उपलब्ध गराउँछ । तपाईंहरुले थोरै थोरै गरेर १ टन सिमीको व्यवस्था गर्नुभयो भने त्यसलाई कोल्डस्टोरमा पुर्याउने, त्यहाँ लाग्ने आवश्यक चार्ज तिर्ने र पुन: सिमी तपाईंहरुलाई फिर्ता दिनेसम्मको व्यवस्था हामी मिलाउँछौं ।"

    सोही कार्यक्रममा बोल्दै वडा नं ६ का वडाअध्यक्ष खेमबहादुर थापाले सरनवारीलाई तरकारी खेतीको हवको रुपमा विकास गर्दै जानुपर्ने बताए । "नगरपालिकाको कृषि शाखाले राम्रो अबधारणा ल्याएको छ । कोल्डस्टोरमा केही समय सुरक्षित रुपमा सिमी राख्न सकियो भने यसले राम्रो मूल्य पाउने छ ।" वडाअध्यक्ष थापाले भने, "परिक्षण सफल भएको खण्डमा स्थानीयस्तरमै कोल्डस्टोर बनाएर पनि राख्न सकिने र त्यसले सिमी विक्री नभएर वा राम्रो मूल्य नपाएर किसान दु:खी हुनुपर्ने अवस्थाको अन्त्य गर्नेछ ।" 

    कार्यक्रममा बोल्दै देवदह प्रेस क्लबका अध्यक्ष विष्णु पोखरेलले अर्गानिक तरकारी उत्पादनमा सरहनबारी अगाडि रहेको बताए । कोल्डस्टोरसंगै यहाँका किसानले भोगिरहेका सिंचाई र स्तरीय सडक लगायतका समस्याको समाधान तर्फसमेत नगरपालिकाको ध्यान जानुपर्ने उल्लेख गर्दै अध्यक्ष पोखरेलले ताजा सिमीसंगै यसको दाना र दालसमेत प्याकेजिङ्ग गरि विक्री गर्नेतर्फ सोच्नुपर्ने बताए । 

    देवदह प्रेस क्लबले मिडिया फेस्टिवल गर्न लागिरहेको र आगामी फेस्टिवल सरहनबारीमै सिमी विशेष बनाउने उद्घोष गर्दै उनले सरहनबारी र सिमीको प्रचारप्रसारमा स्थानीय संचारमाध्यमले सहयोग गर्ने विचार व्यक्त गरे ।

    सरनवारी कृषि सहकारी संस्थाका अध्यक्ष मानबहादुर गाहाको अध्यक्षता र कृषि प्राविधिक प्रविन्द्र मल्लको संचालनमा सम्पन्न कार्यक्रममा स्थानीय युवा लोकेन्द्र जर्घा लगायतले बोलेका थिए ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij