सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

देवदह महोत्सवमा वाली उपचार शिविर, ४५ कृषकले गराए वाली परिक्षण

देवदह महोत्सवमा वाली उपचार शिविर, ४५ कृषकले गराए वाली परिक्षण

images
  • 416
    SHARES

  • images
    images
    images
    देवदह महोत्सवमा वाली उपचार शिविर, ४५ कृषकले गराए वाली परिक्षण
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । देवदहमा संचालन भईरहेको नवौ राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवमा एक दिने वाली उपचार शिविर सम्पन्न भएको छ । मेला स्थलमै आयोजना गरिएको वाली उपचार शिविरमा कृषकहरुले आफुहरुले उत्पादन गरेका विभिन्न जातका तरकारीका विरुवाहरु उपचारको लागि ल्याएका थिए । देवदह व्यापार संघको आयोजना, देवदह नगरपालिका कृषि शाखाको सहआयोजना र कृषि ज्ञान केन्द्रको प्राविधिक सहयोगमा उक्त वाली उपचार शिविर सम्पन्न भएको हो ।

    वाली उपचार शिविरमा कृषकहरुले उत्पादन गरेको मकै, प्याज, बन्दा, ब्रोकाउली, काक्रा, आलु, टमाटर, कागती, घिरौला, लौका, लसुन, खुर्सानीको समस्या र समाधानको विषयमा कृषकहरुलाई जानकारी दिईएको थियो । वाली उपचार शिविरको वारेमा जानकारी दिदै कृषि ज्ञान केन्द्रका वाली संरक्षा अधिकृत लवकुशप्रसाद कुर्मीले आलुमा डढुवा, कागतीमा क्याङकर, प्याजमा किरा, मकैमा फौजी किरा, जरा कुहिने, काक्रामा बेर्नाको जरा कुहिने, ब्रोकाउलीमा फल नलाग्ने समस्या, घिऊ सिमिमा किराको समस्या रहेको जानकारी दिनु भयो । यस्ता समस्याहरुको वारेमा कृषकहरुलाई जानकारी दिएको कुर्मीले जानकारी दिनु भयो । उहाले समस्या भएका कृषकहरुलाई वाली उपचार कार्ड प्रदान गर्ने जानकारी दिनु भयो । वाली उपचार शिविरमा आफना उत्पादन लिएर आएका कृषकहरुले कार्यक्रम राम्रो रहेपनि अझै माटो शिविर संचालन गरेको भए कृषकले सुविधा पाउने बताएका थिए ।

    images
    images
    images

    उनीहरुले यस्ता शिविर मेला महोत्सवको अवसरमा मात्र नभई ६÷६ महिनामा टोल÷टोलमा गरे कृषकहरुले सेवा प्राप्त गर्ने बताएका थिए । शिविरले केही हदसम्म कृषकहरुको समस्या समाधान हुने कृषि शाखा प्रमुख सुस्मिता गौतमले जानकारी दिनु भयो । समस्या पहिचान गरी निदान गर्ने गरी शिविरको आयोजना गरेको बताउदै शिविर फलदायी भएको बताउनु भयो । शिविरमा कृषकहरुलाई तरकारीमा प्रयोग गरिने विषादी निशुल्क प्रदान गर्नुको साथै प्रयोगको वारेमा समेत जानकारी दिईएके थियो । वाली उपचार शिविरमा देवदह क्षेत्रका ४५ जना कृषकहरुले आफुले उत्पादन गरेका विभिन्न जातका तरकारीहरु शिविरमा ल्याएका थिए । नवौ राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव अन्तर्गत कृषि संयोजक चक्रपाणी न्यौपानेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij