सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

नवजीवन कृषक समुह देवदहको कृषि तथा पशुपालन तालिम

नवजीवन कृषक समुह देवदहको कृषि तथा पशुपालन तालिम

images
  • 606
    SHARES

  • images
    images
    images
    नवजीवन कृषक समुह देवदहको कृषि तथा पशुपालन तालिम
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । कृषि क्षेत्रको विकासले देश विकास हुने देवदह नगरपालिका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले बताउनु भएको छ । नव जिवन कृषक समुह देवदहले आयोजना गरेको कृषि तथा पशुपालन तालिमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै वहाँले उक्त कुरा बताउनु भएको हो । 

    देवदहको चरङ्गेमा आयोजित कार्यक्रमा उपप्रमुख गुरुङ्गले कृषि क्षेत्रको विकासलाई उत्पादन सँग जोड्नु पर्ने भन्दै कृषि क्षेत्रको विकासको लागि देवदह नगरपालिका निरन्तर प्रयास गरिरहेको दावी गर्नु भयो । समुहका अध्यक्ष खेम बहादुर गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा वहाँले कृषि उद्यम गर्न चाहनेलाई नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता ब्याक्त गर्नु भयो ।

    images
    images
    images

    समुहका कोषाध्यक्ष खेम कुमारी देवकोटाको स्वागत तथा सदस्य लेखनाथ थापाको संचालनमा भएको कार्यक्रममा कार्यपालिका सदस्य कुमार परियार, देवदह १० का वडा सदस्य भविलाल थापा, कृषि शाखाका प्रशिक्षक पविन्द्र मल्ल, समाजसेवी मन कुमार कनौजे लगायतले मन्तब्य ब्याक्त गर्नु भएको थियो ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij