लुम्बिनी पाना, देवदह। रूपन्देहीको देवदहका बजारमा बिक्री वितरण भइरहेको प्याकेट चाउमिनभित्र साङ्ग्लो फेला परेको छ।सिल प्याक गरिएको चाउमिनको प्याकेट भित्र साङ्ग्लो फेला परेको भन्दै देवदह खैरेनीका एक उपभोक्ताले गुनासो गरेका हुन्।
देवदह -९ मा उत्पादन भएको टेन स्टार फुड्स प्रोडक्सन कम्पनीले प्याकिङमा गरेको लापरवाहीको कारण खाद्य वस्तुमा साङ्ग्लो फेला परेपछि देवदह खैरेनीको एक होटेल संचालकले आपत्ति जनाएका हुन् ।
खाद्य सामाग्रीमा साङ्ग्लो भेटिएपछि उपभोक्ताको स्वास्थ्यसँग खेलवाड गरेको भन्दै चाउमिन उत्पादन गर्ने कम्पनीमा अनुगमन गरि कारबाहीको माग गरेका छन् ।
देवदह नगरपालिका बजार अनुगमन समितिका संयोजक वडा नम्बर ७ का वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारीले नगरपालिकाले चाडपर्व लक्ष्यित अनुगमन गर्ने गरेको र उक्त कम्पनीलाई स्पष्टीकरण सोधी अखाद्य वस्तु फेला परेको प्रमाणित भए कानुनी कार्वाहीका लागि प्रकृया अगाडि बढाइइने बताउनुभयो ।
(सूचना दिने व्यक्तिको नाम गोप्य राखिएको छ।)
सम्पादक
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij