बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

नाट मिस एयर होस्टेस सिजन–३ को उपाधि रितिका सुनारलाई, यति एयरलाइन्समा केबिन क्रु बन्ने अवसर

नाट मिस एयर होस्टेस सिजन–३ को उपाधि रितिका सुनारलाई, यति एयरलाइन्समा केबिन क्रु बन्ने अवसर

images
  • 305
    SHARES

  • images
    images
    images
    नाट मिस एयर होस्टेस सिजन–३ को उपाधि रितिका सुनारलाई, यति एयरलाइन्समा केबिन क्रु बन्ने अवसर
    images
    images
    images

    काठमाडौँ।  नर्दन लाइट एकेडेमी अफ एभिएसन एन्ड टेक्नोलोजी (नाट) द्वारा आयोजित यति एयरलाइन्स प्रस्तुत नाट मिस एयर होस्टेस अन्तर्राष्ट्रिय सिजन–३ को उपाधि रितिका सुनारले हात पार्न सफल भएकी छन्। प्रतियोगिताको ग्रान्ड फिनाले काठमाडौँको राष्ट्रिय नाचघर, जमलमा भव्य रूपमा सम्पन्न भएको थियो।

    विजेता सुनारले उपाधिसँगै यति एयरलाइन्समा ‘केबिन क्रु’ पदमा रोजगारीको अवसरसमेत प्राप्त गरेकी छन्। उक्त अवसरको औपचारिक घोषणा गर्दै यति एयरलाइन्सका प्रमुख सुरक्षा अधिकृत श्री सन्त प्रजापतिले उनलाई नियुक्ति पत्र प्रदान गरेका थिए। यसै सिजनकी विजेता घोषित हुँदै रितिका सुनारले ‘मोस्ट ट्यालेन्ट’ उपाधि पनि जित्न सफल भइन्।

    images
    images
    images

    प्रतियोगितामा शर्मिला कुमारी प्रथम उपविजेता घोषित हुँदै ‘सर्वोत्कृष्ट व्यक्तित्व’ उपाधि प्राप्त गर्न सफल भइन् भने एस्थर मटे दोस्रो उपविजेता बन्दै ‘दर्शक छनोट पुरस्कार’ तथा ‘सर्वोत्कृष्ट क्याटवाक’ उपाधि जित्न सफल भइन्।

    त्यसैगरी, रितु चौधरीले ‘सर्वाधिक लोकप्रिय’ तथा ‘मल्टिमिडिया छनोट’ दुवै उपाधि हात पारिन्। सुजाता जमकटेलले ‘सर्वोत्कृष्ट शारीरिक बनावट’ र परिमा गुरुङले ‘सर्वोत्कृष्ट फोटोजेनिक’ उपाधि प्राप्त गरिन्।

    कार्यक्रममा सहभागी सम्पूर्ण प्रतियोगीहरूलाई फेसन कोरियोग्राफर तथा व्यक्तित्व प्रशिक्षक श्री लभिन अन्सारीद्वारा केबिन क्रु पेशासँग सम्बन्धित शिष्टाचार, प्रस्तुति कला, क्याटवाक, ग्रुमिङ तथा व्यावसायिक व्यक्तित्व विकाससम्बन्धी सघन प्रशिक्षण प्रदान गरिएको थियो।

    कार्यक्रमका प्रमुख अतिथि नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत श्री सुधन सुबेदी रहेका थिए। निर्णायक मण्डलमा समर्पण जंग कार्की (मिस्टर नेपाल २०२३ तथा बुद्ध एयरका पाइलट), ईभा जैसवाल (इत्तिहाद एयरवेजकी अन्तर्राष्ट्रिय केबिन क्रु), अनिता खड्का (अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता विजेता तथा मनोवैज्ञानिक) र रचना सुनार (यति एयरलाइन्सकी प्रमुख केबिन क्रु) रहेका थिए।

    नाट एभिएसन एकेडेमीका प्रमुख कार्यकारी अधिकृत शेखर पाण्डेले प्रतियोगिताले युवतीहरूलाई व्यावसायिक उड्डयन क्षेत्रमा प्रवेशका लागि सक्षम बनाउने उद्देश्य सफलतापूर्वक पूरा गरेको उल्लेख गर्दै सहभागी, निर्णायक तथा सहकार्य गर्ने सम्पूर्ण संस्थाहरूप्रति आभार व्यक्त गरे।

    नाट ले काठमाडौँको बानेश्वरमा बेलायतको प्रतिष्ठित प्राविधिक शिक्षण संस्था ‘सिटी एन्ड गिल्ड्स’ को सम्बन्धनमा एयर होस्टेस तथा विमानस्थल भू–सम्भाल (ग्राउन्ड ह्यान्डलिङ) सम्बन्धी तालिम सञ्चालन गर्दै आएको छ।

    नाट नेपालमै यस्तो स्तरको एभिएसन शिक्षा प्रदान गर्ने अग्रणी संस्था हो। संस्थाले एयर होस्टेसतर्फ ३६० घण्टा क्रेडिट आवर तथा ग्राउन्ड ह्यान्डलिङतर्फ लेभल–२ डिप्लोमा (४०० घण्टा क्रेडिट आवर) का पाठ्यक्रम सञ्चालन गर्दै आएको छ। कक्षा १२ उत्तीर्ण वा परीक्षा दिई बसेका विद्यार्थीहरूले तालिम पूरा गरेपछि नेपाल तथा विदेशका विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूमा रोजगारीको अवसर प्राप्त गर्नेछन्।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij