सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

साहित्यकार निर्मल ढुंगानाको बृहत् देवदहको इतिहासमा आधारित खोजमूलक कृति ‘बुद्धको मामाघर’ विमोचन

साहित्यकार निर्मल ढुंगानाको बृहत् देवदहको इतिहासमा आधारित खोजमूलक कृति ‘बुद्धको मामाघर’ विमोचन

images
  • 357
    SHARES

  • images
    images
    images
    साहित्यकार निर्मल ढुंगानाको बृहत् देवदहको इतिहासमा आधारित खोजमूलक कृति ‘बुद्धको मामाघर’ विमोचन
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । साहित्यकार निर्मल ढुंगानाको बृहत् देवदहको इतिहासमा आधारित खोजमूलक कृति ‘बुद्धको मामाघर’ विशेष समारोहबीच शनिबार लोकार्पण गरिएको छ। देवदह नगरपालिका प्रमुख ध्रुवप्रसाद खरेलको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा कृति लोकार्पण गरिएको हो। 

    कार्यक्रममा प्रमुख अतिथि खरेलले देवदहले साहित्यको क्षेत्रमा समेत आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको बताए। देवदहको इतिहास, संस्कृति, बुद्धसँगको सम्बन्ध तथा यहाँको मौलिक पहिचानलाई साहित्य र सिर्जनामार्फत उजागर गर्नु महत्वपूर्ण रहेको उनको भनाइ थियो। 

    images
    images
    images

    उनले ‘बुद्धको मामाघर’ जस्ता कृतिले देवदहको ऐतिहासिक तथा सांस्कृतिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म पुर्‍याउन सहयोग पुग्ने बताए।

    देवदहको इतिहास र बुद्धसँग जोडिएका महत्वपूर्ण पक्षलाई खोज तथा अध्ययनका माध्यमबाट पुस्तकका रूपमा प्रस्तुत गर्नु प्रशंसनीय कार्य भएको उल्लेख गर्दै खरेलले यस्ता साहित्यिक तथा खोजमूलक कृतिको संरक्षण, प्रवर्द्धन र प्रचारप्रसारमा स्थानीय तहले समेत आवश्यक सहयोग गर्ने बताए।

    कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्वप्रदेश सभा सदस्य डा. कृष्ण न्यौपाने, आचार्य दयानिधि, जनप्रतिनिधि, साहित्यकार, लेखक, प्राध्यापक, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

    कार्यक्रममा गणेश डुम्रेले ‘बुद्धको मामाघर’ कृतिमाथि प्रकाश पारेका थिए।

    ‘बुद्धको मामाघर’ भगवान गौतम बुद्धको मावलीस्थलका रूपमा परिचित देवदहको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वलाई केन्द्रमा राखेर तयार गरिएको खोजमूलक कृति हो। पुस्तकमा देवदहको ऐतिहासिक पहिचान, शाक्य–कोलिय सभ्यता, बुद्धको मावली पक्ष तथा देवदहसँग जोडिएका पुरातात्त्विक, सांस्कृतिक र धार्मिक पक्षलाई तथ्य र सन्दर्भसहित प्रस्तुत गर्ने प्रयास गरिएको छ।

    कृतिकार ढुंगानाका अनुसार पुस्तकमार्फत देवदहको ऐतिहासिक तथा सांस्कृतिक महत्वलाई थप उजागर गर्दै बुद्धको मावलीस्थलका रूपमा देवदहको पहिचान र योगदानलाई पाठकमाझ पुर्‍याउने उद्देश्य राखिएको छ।

    साहित्यकार ढुंगानाका यसअघि २०७३ सालमा कथा सङ्ग्रह ‘बतासा’ प्रकाशित भएको थियो। त्यसैगरी उनका ‘दिन हराएको दिन’ र ‘नओइलिने फूलहरू’ लगायतका गजल सङ्ग्रह प्रकाशित छन्।

    ‘बुद्धको मामाघर’ नेपाली साहित्यका साथै बुद्ध अध्ययन, देवदहको इतिहास तथा सांस्कृतिक सम्पदामा रुचि राख्ने पाठकका लागि महत्वपूर्ण कृतिका रूपमा रहने अपेक्षा गरिएको छ।

    कार्यक्रम अनुराग साहित्य समाजका अध्यक्ष सरस्वती बश्यालको अध्यक्षता,  शिखा बुक्सका प्रबन्धक पुष्पराज पौडेलको स्वागत तथा अनुराग साहित्य समाजका सचीव  अनन्तराम भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij