मंगलवार, कार्तिक ११ गते २०८३
लुम्बिनी पाना, देवदह । नेकपा एमाले देवदह नगर कमिटीको विस्तारित बैठक पार्टी कार्यालयमा सम्पन्न भएको छ। नगर कमिटी अध्यक्ष केशव भट्टराईको अध्यक्षता तथा पार्टीका केन्द्रीय सचिव छविलाल विश्वकर्माको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो।
बैठकले आगामी कार्तिक महिनाभित्र देवदह नगरका १२ वटै शाखा कमिटीको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ। अधिवेशन सम्पन्न गर्न पार्टीका नेता तथा कार्यकर्तालाई आवश्यक जिम्मेवारीसमेत तोकिएको नगर कमिटी अध्यक्ष भट्टराईले जानकारी दिनुभयो।
बैठकलाई सम्बोधन गर्दै एमालेका केन्द्रीय सचिव विश्वकर्माले पछिल्लो समय विभिन्न शक्तिबाट पार्टीमाथि प्रहार भइरहेको बताउँदै त्यसको सामना गर्न कार्यकर्ताहरू इमान्दारीपूर्वक संगठन निर्माणमा जुट्नुपर्ने बताउनुभयो।
पूर्वप्रतिनिधिसभा सदस्यसमेत रहनुभएका विश्वकर्माले पार्टी अध्यक्षको बहिर्गमनले मात्रै वर्तमान समस्या समाधान नहुने धारणा राख्दै पार्टीभित्रका सबैले आफ्ना कमजोरी पहिचान गरी आत्मसमीक्षा गर्न आवश्यक रहेको बताउनुभयो।
उहाँले वर्तमान सरकार नागरिकप्रति जवाफदेही बन्न नसकेको आरोप लगाउँदै संविधान र राष्ट्रियताको संरक्षणका लागि विचार मिल्ने शक्तिहरूसँग सहकार्य गरेर अघि बढ्न सकिने बताउनुभयो। बैठकमा पार्टीका जिल्ला अध्यक्ष यज्ञ गैरे, पूर्णचन्द्र गिरी, कुमार दमाई, गणप्रसाद न्यौपाने, विष्णुप्रसाद ज्ञवालीलगायतले धारणा राख्दै स्थानीय तहदेखि केन्द्रसम्म पार्टीका नेता तथा कार्यकर्ताले आफूलाई सुधार गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो।
नगर कमिटी उपाध्यक्ष कोषबहादुर गुरुङको स्वागत तथा सचिव गणेश डुम्रेको सञ्चालनमा सम्पन्न बैठकमा पार्टीका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको एमाले देवदह नगर कमिटीले जनाएको छ।
लुम्बिनी पाना मिडिया प्रालिद्वारा सञ्चालित
लुम्बिनी पाना डटकम
सूचना तथा प्रसारण विभाग दर्ता नं-३२७९/०७८/०७९ प्रधान कार्यालय:देवदह-३ रुपन्देही
कर्पाेरेट कार्यालय : बुटवल -१०,रुपन्देही
मुख्य शाखा कार्यालय : तिनाउ गाउँपालिका -३ ,पाल्पा समाचार तथा विज्ञापनको लागि ९८५७०८३४५० ,९८४२००२४७८ Email:lumbinipana312@gmail.com
समाचारको लागी : newslumbinipana@gmail.com
प्रबन्ध सम्पादक : निर्मल एसपी थापा
कार्यकारी सम्पादक :एलबी सर्बुजा सम्पादक : सुनिता थापा
Copyright © 2026 All right reserved to Lumbini Pana Site By: Sobij