सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

देवदहका विकास मुद्दामा संघीय जनप्रतिनिधिसँग स्थानीय जनप्रतिनिधिको महत्त्वपूर्ण छलफल

देवदहका विकास मुद्दामा संघीय जनप्रतिनिधिसँग स्थानीय जनप्रतिनिधिको महत्त्वपूर्ण छलफल

सडक, अव्यवस्थित बसोबास, स्वास्थ्य, हाटबजार र आगामी बजेटका योजनाबारे संघीय तहमा पहल

images
  • 469
    SHARES

  • images
    images
    images
    देवदहका विकास मुद्दामा संघीय जनप्रतिनिधिसँग स्थानीय जनप्रतिनिधिको महत्त्वपूर्ण छलफल
    images
    images
    images

    लुम्बिनी पाना, देवदह। देवदह नगरपालिकाका स्थानीय जनप्रतिनिधिहरूले नगरका विकास आयोजना, अधुरा सडक निर्माण, अव्यवस्थित बसोबास, स्वास्थ्य सेवा तथा अन्य समसामयिक विकासका विषयमा संघीय जनप्रतिनिधिहरूसँग महत्त्वपूर्ण भेट तथा छलफल गरेका छन्।

    भेटमा पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम तथा संघीय सांसद श्रद्धा कुँवरसँग देवदहका विविध विकासका मुद्दामा विस्तृत छलफल भएको जनाइएको छ।

    images
    images
    images

    छलफलमा खैरेनी–शंकरपुर–धकधई सडक निर्माण आयोजनामा भइरहेको ढिलाइ, वर्षायाममा सडक हिलाम्मे र सुख्खायाममा धुलाम्मे हुने समस्या, कल्भर्ट निर्माणमा भएको ढिलाइ तथा केरवानी–देवदह नगरपालिका कार्यालय हुँदै वडा नं. २ देबीस्थान जोड्ने सडकअन्तर्गत अधुरो पुल निर्माणलाई शीघ्र सम्पन्न गर्नुपर्ने विषय उठाइएको थियो।

    त्यसैगरी, अव्यवस्थित बसोबासीको जग्गा व्यवस्थापन, राजस्व सूचना प्रकाशित भए पनि राजस्व बुझाउन नपाएका नागरिकको समस्या, लालपुर्जा वितरण प्रक्रिया, आवास कम्पनीअन्तर्गत रहेका जग्गाको व्यवस्थापन, देवदह नगर अस्पतालका लागि भिडियो एक्स–रे मेसिनसहित आवश्यक स्वास्थ्य उपकरण, हाटबजारको व्यवस्थापन तथा स्तरोन्नति र आर्थिक वर्ष २०८३/८४ का शिक्षा, स्वास्थ्य, पर्यटन तथा पूर्वाधार विकास योजनाबारे पनि छलफल भएको थियो।

    भेटमा देवदह नगरपालिकाका प्रवक्ता तथा वडा नं. ५ का अध्यक्ष गणेश डुम्रे, वडा नं. १ का अध्यक्ष दीपकप्रसाद नेपाल, वडा नं. ३ का अध्यक्ष यज्ञप्रसाद अर्याल, वडा नं. ८ का अध्यक्ष हरिप्रसाद पाण्डे, वडा नं. ५ का जनप्रतिनिधि होमनाथ भट्टराई, देवदह खानेपानी सञ्जालका अध्यक्ष गुमानसिंह केसी, सुपरमाई हाइड्रो कम्पनीका प्रमुख कार्यकारी अधिकृत रवि पौडेल तथा राष्ट्रिय कलाकार श्रीस देवकोटा लगायतको सहभागिता रहेको थियो।

    छलफलका क्रममा मन्त्री तथा संघीय जनप्रतिनिधिहरूले अधुरा सडक आयोजना शीघ्र सम्पन्न गर्न सम्बन्धित निकायलाई आवश्यक पहल गरिने, अव्यवस्थित बसोबासीको जग्गा तथा राजस्वसम्बन्धी विषय कानुन संशोधनमार्फत समाधानतर्फ अघि बढिरहेको, आवास कम्पनीका जग्गाको व्यवस्थापनलाई प्राथमिकता दिइने, देवदह नगर अस्पतालका लागि आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराइने तथा सडक, हाटबजार र अन्य पूर्वाधार विकासका लागि आवश्यक बजेट विनियोजन भइसकेको जानकारी दिएका थिए।

    स्थानीय जनप्रतिनिधिहरूले सामाजिक सञ्जालमा मात्र विषय उठाउनेभन्दा सम्बन्धित निकायमै पुगेर समस्याको समाधान र विकासका लागि पहल गर्ने उद्देश्यले गरिएको यो भेटघाटलाई सकारात्मक तथा उपलब्धिमूलक कदमका रूपमा लिइएको बताएका छन्।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij