काठमाडौं । देशका विभिन्न स्थानमा फैलिएका अतिक्रमित सुकुम्बासी बस्तीको व्यवस्थापन विषय पुनः प्राथमिकतामा आएको छ। सरकारले अब यस्ता बस्ती खाली गराउने प्रक्रियालाई तीव्र बनाउने संकेत दिएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहले सुरक्षा निकायका उच्च अधिकारीहरूसँग हालै गरेको छलफलमा अवैध रूपमा बसोबास गरिएका क्षेत्रमा आवश्यक कदम चाल्न निर्देशन दिएका छन्। गृह प्रशासनको जिम्मेवारी समेत सम्हालिरहेका उनले सम्बन्धित निकायलाई समन्वय गर्दै प्रभावकारी कार्यान्वयनमा जोड दिएका हुन्।
सरकारले यो अभियानको सुरुवात राजधानी क्षेत्रबाट गर्ने तयारी गरेको गरेको छ।बैशाख ११ र १२ गते सुकुम्बासी बस्ती खाली गरिने र वस्ती खाली गर्न माइकिङ समेत गरिएको छ ।
यसअघि स्थानीय तहको नेतृत्वमा रहँदा पनि प्रधानमन्त्री शाहले यस्ता बस्ती हटाउने प्रयास गरेका थिए। तर, स्थानीय बासिन्दाको विरोधका कारण सो प्रयास पूर्ण रूपमा सफल हुन सकेको थिएन। अब संघीय नेतृत्वमा पुगेपछि उनले सोही कार्यलाई थप संगठित र सुरक्षा संयन्त्रको सहकार्यमा अघि बढाउने रणनीति बनाएका छन्।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij