बुधवार, कार्तिक १२ गते २०८३

Logo बुधवार, कार्तिक १२ गते २०८३
images
images

कास्की आदर्श समाज युएईको नयाँ नेतृत्वमा श्रीराम रानाभाट

कास्की आदर्श समाज युएईको नयाँ नेतृत्वमा श्रीराम रानाभाट

images
  • 637
    SHARES

  • images
    images
    images
    कास्की आदर्श समाज युएईको नयाँ नेतृत्वमा श्रीराम रानाभाट
    images
    images
    images

    निशान्त पाठक दुबई । कास्की आदर्श समाज, युएईको नयाँ नेतृत्वमा श्री श्रीराम रानाभाट निर्वाचित भएका छन्। समाजको ७औँ अधिवेशन तथा १२औँ वार्षिक साधारण सभाले रानाभाटको अध्यक्षतामा २०२६–२०२८ कार्यकालका लागि १६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।

    अक्टोबर २०२६ आइतबार सम्पन्न अधिवेशन तथा साधारण सभा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो। नयाँ कार्यसमितिले संस्थाको सामाजिक अभियानलाई थप प्रभावकारी बनाउँदै युएईमा रहेका नेपाली समुदायको हित, एकता र सहकार्यलाई प्राथमिकतामा राखेर अघि बढ्ने अपेक्षा गरिएको छ। अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा विनोद केसी, महिला उपाध्यक्षमा शशिला गुरुङ तमुस्यो, उपाध्यक्षमा बुद्धि बहादुर रानाभाट र गोपाल अधिकारी चयन भएका छन्।

    images
    images
    images

    त्यस्तै, महासचिवमा प्रकाश त्रिपाठी, सचिवमा सागर रानाभाट, कोषाध्यक्षमा गणेश बास्तोला र सह–कोषाध्यक्षमा शिव ढुङ्गाना निर्वाचित भएका छन्।

    सदस्यहरूमा जमुना परियार, बाबुराम आचार्य, दिनेश सुनार, दीपक रानाभाट, पूर्णिमा घिसिङ, रोहित भण्डारी र भीमसेन केसी रहेका छन्।

    नयाँ नेतृत्वसँगै कास्की आदर्श समाज युएईले सामाजिक सेवा, नेपाली समुदायबीचको एकता, आपसी सद्भाव र सहकार्यलाई अझ मजबुत बनाउँदै नयाँ ऊर्जा र योजनासहित अघि बढ्ने विश्वास गरेको छ ।

    समाजको आगामी कार्यकाललाई थप उपलब्धिमूलक, सेवामुखी र समुदायकेन्द्रित बनाउन नवनिर्वाचित कार्यसमितिले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरेको छ

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij