निशान्त पाठक, युएई। संयुक्त अरब इमिरेट्स युएईको अवधावीमा नेपाली जोडीको विवाहमा त्यहाँका स्थानीय अरबिकले हिन्दू धर्मको प्रशंसा गरेका छन्।
कुनै समय थियो मुस्लिम धर्मालम्बीहरूले भरिएको यो देशमा हिन्दु धर्मको प्रचार र कुनै पनि पूजा र धर्मको कुरा गर्न र र हिन्दू धर्म झल्काउने खालका धार्मिक पहिरन लगाउन प्रतिबन्ध जस्तै नै थियो ।
तर अहिलेको अवस्था भने केही फेरिएको छ। करिब ६ लाख नेपालीको कर्मभूमि रहेको युएईमा नेपालीहरूको निष्ठा र इमान्दारिताको प्रभावले आज नेपाली जोडी विवाहमा आफ्नो संस्कृति झल्काएर खुलेआम पाँचतारे होटल अबुधाबीमा स्थानीय अरबिकहरूलाई निम्तो दिएर धर्म र संस्कृतिको महत्व दर्शाउन सफल भएका छन्।
उक्त विवाह समारोहमा आमन्त्रित त्यहाँका स्थानीय अरबिकहरूले हिन्दू धर्म भनेको के हो, हिन्दू धर्ममा मूर्तिको पूजा किन गरिन्छ भन्ने बारेमा चासो देखाएका थिए। त्यहाँ केही फरक परिवेश पनि देख्न सकिन्थ्यो। मुस्लिम समुदायको बहुल्यता भएको अरबको देश जहाँ नेपाली जोडीको विवाह गराउँदै त्यहाँका अरविकहरूलाई हिन्दू धर्मको रितिरिवाजको बारेमा बताउदै थिए भोले बाबा ज्योतिष सेवा केन्द्र युएईका सञ्चालक बालव्यास श्रावण न्यौपाने।
संसारमा धेरै मार्गहरू हुनसक्छन् तर सबैको गन्तव्य भनेको सत्य,शान्ति र मानवताकै भएको हुनाले न्यौपानेले आपसी सद्भाव र सहिष्णुतालाई आत्मसाथ गर्दै मानवताको सेवामा लाग्न सम्पूर्ण नेपालीहरूमा अनुरोध गरेका छन्।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij