सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

पाल्पाली समाज युएईको ११ औं वार्षिक उत्सव सम्पन्न

पाल्पाली समाज युएईको ११ औं वार्षिक उत्सव सम्पन्न

images
  • 502
    SHARES

  • images
    images
    images
    पाल्पाली समाज युएईको ११ औं वार्षिक उत्सव सम्पन्न
    images
    images
    images

    लुम्बिनी पाना, युएई । पाल्पाली समाज युएईको ११औं वार्षिक उत्सव समारोह सम्पन्न भएको छ। संयुक्त अरब इमिरेट्समा रहेका पाल्पालीहरूको छाता संगठन सन् २०१४ ( विसं २०७१ ) स्थापना भएको पाल्पाली समाज युएईले ११औं वार्षिक उत्सव समारोह भव्य रुपमा सम्पन्न गरेको हो ।

    कार्यक्रम बरदुबईमा अवस्थित जया किचन रेस्टुरेन्टमा समाजका अध्यक्ष कैलाश अर्यालको अध्यक्षता र नेपाली समाज युएईका अध्यक्ष राम मोक्तान हो प्रमुख अतिथ्यता रहेको थियो । उक्त कार्यक्रममा संस्थाको आर्थिक तथा सङ्गठिक प्रतिवेदनको प्रस्तुत सँगै प्रवासमा रहेर पनि सफलता हासिल गरेका पाल्पाली नागरिकलाई सम्मान गरिएको थियोे ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं नेपाली समाज युएका अध्यक्ष राम मोक्तानले पाल्पाली साथीभाइहरूको माया सद्भाव र सहयोगी भावनाले गर्दा पाल्पा के हो? पाल्पाका मान्छेहरु कस्ता छन् ,पाल्पा किन प्रख्यात छ भन्ने विषयमा छर्लङ्ग भएको बताउँदै नेपाली समाज युएईले आगामी दिनमा समाजलाई कसरी राम्रो गराउन सकिन्छ भन्ने विषयमा सहकार्य गर्ने धारणा व्यक्त गरेका छन् ।

    कार्यक्रममा दुबईलाई कर्मथलो बनाएका लोक तथा दोहोरी गायक अर्जुन न्यौपाने तथा निरुता गैरेको विशेष सांगीतिक प्रस्तुति रहेको थियो। 

    कार्यक्रममा नेपाली समाज युएईका पार्षद अध्यक्ष कमल गिरी, लुम्बिनी प्रदेश समाज युएईका अध्यक्ष नारायण प्रसाद अधिकारी, पाल्पाली समाज युयईका संरक्षक तथा सल्लाहकार कृष्णप्रसाद आचार्य, खुमबहादुर आले, ओम कुमारी खाँण, बेदप्रसाद अर्याल लगायत सम्पूर्ण संरक्षक एवं प्रदेश, जिल्ला तथा नगरस्तरीय संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

    कार्यक्रम संस्थाका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद तिमिल्सिना स्वागत र महासचिव खुम्प्रसाद न्यौपानेको सन्चालनमा सप्पन्न भएको थियोे ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij