लुम्बिनी पाना, दुबई । सम्पूर्ण पाल्पालीहरूको साझा संस्था पाल्पाली समाज यूएईले आयोजना गर्न लागेको प्रथम पाल्पाली भलिबल कप–२०२६ को टाइसिट सार्वजनिक गरिएको छ।
आयोजकका अनुसार प्रतियोगितामा १५ टोली सहभागी हुनेछन्। प्रतियोगिताको उद्घाटन खेल आइतबार बिहान ९:३० बजे कास्की आदर्श समाज र रूपन्देही बुटवल भलिबल टिमबीच हुनेछ। प्रतियोगिताका संयोजक कृष्णप्रसाद तिमल्सिनाले उक्त जानकारी दिएका हुन्।
प्रतियोगिता आइतबार बिहान ९ बजेदेखि दुबईको अल खवानिज–२ स्थित स्पार्ट स्पोर्ट्स एकेडेमीमा सञ्चालन हुनेछ। खेलकुदमार्फत एकता, ऊर्जा र सामाजिक सद्भावलाई सुदृढ बनाउने उद्देश्यका साथ पाल्पाली समाज यूएईले दुबईमा पहिलोपटक प्रथम पाल्पाली भलिबल कप–२०२६ आयोजना गर्न लागेको हो।
टाइसिट सार्वजनिक कार्यक्रममा पाल्पाली समाज यूएईका संरक्षक खुमबहादुर आले र वेदप्रसाद अर्याल, व्यवसायी तथा समाजसेवी एकेन्द्रबहादुर थापा, साथै प्रतियोगितामा सहभागी विभिन्न टोलीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij