सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

३० किलोग्रामको बन्दा फलेपछि…

३० किलोग्रामको बन्दा फलेपछि…

images
  • 577
    SHARES

  • images
    images
    images
    ३० किलोग्रामको बन्दा फलेपछि…
    images
    images
    images

    मंसिर १७,देवदह।हामीले खेतबारीमा फल्ने तरकारी बन्दा २ किलोदेखि ५ किलोसम्मको मात्र देखेका छौँ होला । तर बेलायतमा भने एउटै बन्दा नै ३० किलोग्रामको फलेको छ ।

    त्यहाँका एक ७५ वर्षीय किसानले रोपेको बन्दा हेर्दा सानोतिनो पहाडजत्रै देखिन्छ । यति ठूलो बन्दा फेलेपछि अहिले उक्त बन्दा धेरैका लागि रमिता बनेको छ ।
    यस्तो बन्दा फलाउने किसानको नाम नीम इयान रहेको छ । नर्थ योर्क शायरस्थित हेगोरेट अटम फ्लावर शो मा उनले यस्तो अचम्मको बन्दा प्रदर्शनीमा राखिएको थियो । ती वृद्ध किसान सोही बन्दाका कारण पुरस्कृतसमेत भएका छन् ।

    images
    images
    images

    ती वृद्धले रोपेको बन्दा यो नै पहिलोपटक ठूलो फलेको भने होइन । उनले यसअगाडि रोपेका बन्दाहरु पटक–पटक स्वभाविक तौलभन्दा निकै ठूला फलिसकेका छन् ।

    उनको दाबी छ, ‘उनले पछिल्लोपटक फलाएको बन्दा प्राकृतिक रूपमा फलेको हो ।’

    एउटै बन्दाको तौल ३० किलोको भए पनि यो नै विश्वकै सबैभन्दा ठूलो बन्दा भने होइन । विश्वकै सबैभन्दा ठूलो बन्दा फलाउने रेकर्ड अमेरिकाका स्कट रबको नाममा छ । उनले यस अगाडि ६२ किलोको एउटै बन्दा फलाउएर विश्व रेकर्ड बनाएका थिए । एजेन्सी

    images
    images

    निर्मल (एसपी) थापा

    • बुधवार, मंसिर १७ २०७७०७:५०:२८
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij