बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

न्यायाधीशहरुलाई चिनेको पनि छैन,भेटेको पनि छैन:प्रधानमन्त्री ओली

न्यायाधीशहरुलाई चिनेको पनि छैन,भेटेको पनि छैन:प्रधानमन्त्री ओली

images
  • 347
    SHARES

  • images
    images
    images
    न्यायाधीशहरुलाई चिनेको पनि छैन,भेटेको पनि छैन:प्रधानमन्त्री ओली
    images
    images
    images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सर्वोच्च अदालतका न्यायाधीशलाई नभेटेको प्रष्ट पारेका छन्।शनिबार काठमाडौंमा आयोजित अगुवा कार्यकर्ता भेलामा बोल्दै उनले यसपटक नभएर न्यायाधीशलाई कहिल्यै नभेटेको प्रतिक्रिया दिए।

    उनले भने, ‘ती नाम गरेका न्यायाधीशजीहरुलाई मैले सायद कहिल्यै भेटेको पनि छैन। यसपल्ट मात्रै होइन, कहिल्यै पनि सायद भेटेको छैन। सपना प्रधान मल्ललाई मैले भेटेको थिएँ, सर्वोच्चको न्यायाधीश हुनुभन्दा अगाडि वकिल भएका बेला। त्यो पनि सार्वजनिक कार्यक्रममा। व्यक्तिगत भेटघाट कहिल्यै भएको छैन। अरु न्यायाधीशहरुलाई मैले देखेको पनि छैन। सायद चिनेको पनि छैन। हिजो सर्वोच्च अदालतले खण्डन गरिसक्यो।’

    images
    images
    images

    प्रधानमन्त्री ओलीले संवैधानिक इजलासमा बसेका न्यायाधिसलाई भेटेको भन्दै केहि अपुष्ट खबरहरु यसअघि सार्वजनिक भएका थिए।प्रधानमन्त्री ओलीलले भने, ‘न्यायाधीश प्रधानमन्त्रीलाई भेट्न गए भनियो, यो भन्दा झुट के हुन्छ? न्याय प्रणालीमाथिको जनताको विश्वास हटाउनको लागि, न्याय प्रणालीमाथिको यो गम्भीर प्रहार हो। योभन्दा घिनलाग्दो कुरा के हुन्छ? उहाँहरु यस कुरालाई प्रमाणित गरेर देखाउन सक्नुहुन्छ?’ 

    images
    images

    निर्मल (एसपी) थापा

    • शनिवार, माघ ३ २०७७०८:०१:३५
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij