काठमाडौं । सिंहदरबारमा केन्द्रिय सुरक्षा समितको बैठक बसेको छ ।शनिबार गृहमन्त्री रमेश लेखकले बाढी पहिरो सहितका प्राकृतिक प्रकोपमा परेका नागरिकको राहत, उद्धार तथा सहायता प्रभावकारी बनाउने विषयमा छलफल गर्न केन्द्रिय सुरक्षा समितको बैठक बसेको हो ।
मुलुकका विभिन्न स्थानमा भइरहेको वर्षा, बाढी पहिरो र डुबानको समस्याबाट जनधनको क्षति हुनका साथै प्राकृतिक जोखिम न्यूनीकरण गर्न बैठक बसिरहेको छ।
यसैबीच अविरल रुपमा भैरहेको वर्षाका कारण देशभर ठूलो जनधनको क्षेती भएको छ ।हाल सम्म २९ जनाको मृत र २७ जना बेपत्ता भएको प्रारम्भिक रिपोर्ट छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij