सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

विश्व वाताबरण दिवसको अवसरमा वृक्षारोपण

विश्व वाताबरण दिवसको अवसरमा वृक्षारोपण

images
  • 678
    SHARES

  • images
    images
    images
    विश्व वाताबरण दिवसको अवसरमा वृक्षारोपण
    images
    images
    images

    देवदह। देवदह ८ विशालनगरमा विश्व वाताबरण दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा लुम्बिनी  बौद्ध विश्वविद्यालय सितलनगर कार्यालयका डिन तथा वृक्षारोपण कार्यक्रमका प्रमुख अतिथि उकेशराज भुजुले खोला, सुर्य र रुख आफ्नो लागि भन्दा अरुको लागि बाचि रहेको बताउनु भयो । 

    उक्त कार्यक्रममा विभिन्न संघ संस्थासँग समन्वय गर्दै विश्वविद्यालयले काम गर्दै आएको र अहिले यु एन डि.पी संस्थाले विद्यालय भित्र पर्ने केही भुभागमा महिलाहरुलाई उद्यमी बनाउनका लागि फलफुलको तथा जडिबुटी का विरुवा उपलब्ध गराइएको छ।  यसले गर्दा यस क्षेत्रका महिला दिदीबहिनीकोलागि आयआर्जनको लागि टेवा पुग्ने भुजुले बताउनुभयो। साथै  कार्यालयबाट हुन सक्ने सहयोग समेत प्रतिद्धता जनाउनु भयो । सोही कार्यक्रममा यु एन डि.पी का लुम्बिनी प्रदेश प्रमुख तथा कार्यक्रममा विशिष्ठ अतिथि सुदिप अर्यालले प्लास्टिक जन्यबस्तुको अन्त्य गरौँ प्राङगारीक मलको उपयोग गरौँ रसायानिक मलको प्रयोग नगरौँ भन्न नारा सहित यु एन डि पि का लुम्बिनी प्रदेश सुदिप अर्यालले बताउनु भयो । पृथ्वी उमा ज्ञान केन्द्रको आयोजनामा सो  कार्यक्रम  भएको थियो । 

    images
    images
    images

    गोबिन्द क्षेत्रीले २० वटा निमको बिरुवा रोपिएको र बगरलाइ हराभरा बनाउने उद्देश्य रहेको भनाइ व्यक्त गर्नुभएको थियो । उक्त कार्यक्रम धना पन्थीको संचालनमा सम्पन्न भएको थियो ।

    images
    images

    लुम्बिनी पाना

    • मंगलवार, जेठ २३ २०८०१०:३९:३०
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij