बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

काँंग्रेस र नेकपा कार्यकर्ताबीच झडप भए पछि रुकुममा अनिश्चितकालीन कर्फ्यु

काँंग्रेस र नेकपा कार्यकर्ताबीच झडप भए पछि रुकुममा अनिश्चितकालीन कर्फ्यु

images
  • 397
    SHARES

  • images
    images
    images
    काँंग्रेस र नेकपा कार्यकर्ताबीच झडप भए पछि रुकुममा अनिश्चितकालीन कर्फ्यु
    images
    images
    images

    माघ ,६ रुकुम। रुकुम पश्चिममा नेपाली कांँग्रेस र नेकपा प्रचण्ड–माधव समूहका कार्यकर्ताबीच झडप भएको छ ।

    जिल्लाको आठबीसकोट नगरपालिका–९ स्थित राडी बजारमा स्थानीय युवा बीच झडप भएको हो । झडपलाई नियन्त्रणमा लिन प्रहरीले १७ राउण्ड हवाई फायर समेत गरेको छ ।झडपका क्रममा ढुंगा लाग्दा तीन जना प्रहरी र वडाध्यक्ष तारक शाहीसहित तीन जना कांग्रेस निकट युवाहरु घाइते भएका छन् ।

    images
    images
    images

    उनीहरुको आठविसकोट नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सामान्य विषयमा सुरु भएको विवादले उग्ररुप लिन थालेपछि स्थिति नियन्त्रणमा लिन हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय, रुकुम पश्चिमले जनाएको छ ।

    स्थिति नियन्त्रणबाहिर जान नदिन राडीबजारमा अनश्चितकालीन कफ्र्यु आदेश जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयले अर्को सूचना नभएसम्मका लागि मंगलबार ५ बजदेखि कफ्र्यु आदेश जारी गरेको हो ।

    जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले पूर्वमा घारीखोला, पश्चिममा ठूलीभेरी, दक्षिणमा सिमबजार र उत्तरमा दाँजेबाट कोही पनि राडीबजार भित्रन नपाउने गरी निषेधाज्ञा लगाएको हो ।

    स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) र ६ (३ क) कफ्र्यू लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । राडीबजारमा नेकपा र नेपाली कांग्रेसका कार्यकर्ताबीच दिनभरजसो झडप भएको थियो ।

    images
    images

    निर्मल (एसपी) थापा

    • मंगलवार, माघ ६ २०७७०७:३१:३२
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij