बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

भूमिसम्बन्धी समस्या समाधान हुने

भूमिसम्बन्धी समस्या समाधान हुने

images
  • 706
    SHARES

  • images
    images
    images
    भूमिसम्बन्धी समस्या समाधान हुने
    images
    images
    images

    माघ ९,देवदह।लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य डा.कृष्ण न्यौपानेले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको पहिचान गरि सिघ्र समाधान गरिने बताउनु भएको छ। भूमिहीन दलित,भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको पहिचान, लगत संकलन र प्रमाणिकरण सम्बन्धि देवदह नगरपालिकाले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रदेश संसद न्यौपानेले उक्त कुरा बताउनु भएको हो।समस्या समाधानको निम्ति काम अगाडी बढिसकेको भन्दै उंहाले कोहि पनि भूमिहीन हुनुनपर्ने बताउनुभएको थियो। 

    सोहि कार्यक्रममा बोल्दै देवदह नगरपालिका नगरप्रमुख हिरा बहादुर खत्रीले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधानको लागि देवदह नगरपालिका पनि पहिलो चरणमा छनोट भएको बताउदै भूमिहीन दलित,भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको पहिचान र समाधानको लागि सबै एकजुट भएर लाग्नु पर्ने बताउनु भयो। 

    images
    images
    images

    त्यस्तै देवदह  नगरपालिका नगर उपप्रमुख बिद्या लक्ष्मी गुरुङले सुकुम्बासी समस्या समाधानको लागि स्थानीय तह बाट लगत संकलन सम्बन्धि कार्यविधि २०७७ बमोजिम भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको विवरण र तथ्यांक संकलन इकाइमा कामकाज गर्नको लागि तथ्यांक संकलक छनोट गरिसकेको र सुकुम्बासी समस्या समाधानको लागि कार्य गरिरहेको बताउनु भएको छ। 

    कार्यक्रमा भूमि सम्बिन्धि समस्या समाधान आयोगका नापी अधिकृत मणी रेग्मीले जनप्रतिनिधि,कर्मचारी र तथ्याङ्क संङ्कलकहरुलाई प्रशिक्षण दिनु भएको थियो । 

    images
    images

    निर्मल (एसपी) थापा

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij