बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

तिलोत्तमाको निर्माणाधीन खानेपानी आयोजनाको पाइपमा आगलागी

तिलोत्तमाको निर्माणाधीन खानेपानी आयोजनाको पाइपमा आगलागी

images
  • 483
    SHARES

  • images
    images
    images
    तिलोत्तमाको निर्माणाधीन खानेपानी आयोजनाको पाइपमा आगलागी
    images
    images
    images

    माघ १०,बुटवल।रुपन्देहीको तिलोत्तमामा खानेपानी पाइपमा आगलागी भएको छ ।

    तिलोत्तमा-४ सीमानगरमा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना अन्तर्गत निर्माणाधीन शंकरनगर खानेपानी तथा सरसफाइ संस्थाको ओभरहेड टंकी परिसरमा राखिएको पाइपमा शनिबार मध्यान्ह आगलागी भएको हो ।

    images
    images
    images

    आगलागीलाई बुटवल उपमहानगरपालिका, तिलोत्तमा र सिद्धार्थनगर नगरपालिकाका तीनवटा दमकलले आधा घण्टामै नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रतितसिंह राठौरले जानकारी दिए ।

    आगलागीबाट भएको क्षतिको यकीन विवरण आउन बाँकी रहेको उनले बताए । स्थानीयका अनुसार आगलागीबाट लाखौं मूल्यको पाइप जलेर नष्ट भएको छ ।

    लामो समयदेखि स्टोर गरेर राखिएको पाइपमा कसरी र कसले आगो लगायो भन्ने बारे अनुसन्धान हुने डीएसपी राठौरले बताए ।

    images
    images

    निर्मल (एसपी) थापा

    • शनिवार, माघ १० २०७७०५:४१:००
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij