माघ १०,देवदह। रुपन्देहीको देवदहमा संगम युवा क्लब देवदह ३ को आयोजनामा संगम खुल्ला भलिवल कप सुरु भएको छ। प्रतियोगिताको आज एक कार्यक्रमका बिच प्रमुख अतिथि देवदह नगरपालिकाका नगर उपप्रमुख बिद्या लक्ष्मी गुरुङले उद्धघाटन गर्नुभयो।कार्यक्रममा आफ्ना भनाई राख्दै उपप्रमुख गुरुङले बिगतमा पनि क्लबले खेलकुद र बिभिन्न चेतना मुलक कार्यहरु गरेको स्मरण गर्दै कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियो।
नगर खेलकुद विकास समितिका संयोजक तथा देवदह नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष दिपक चापागाईले शुभकामना ब्यक्त गर्दै खेल क्षेत्रको सुधार र खेलाडीको खेल स्तर उकास्नको लागि वडाको तर्फ र नगर खेलकुद विकास समितिको तर्फ बाट कार्य गरिरहेको बताउनुभएको थियो। कार्यक्रममा देवदह नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष बैकुण्ठ बहादुर कुँवर,स्रिस्टी सामुदायिक बनका अध्यक्ष बम बहादुर आले,चक्र पाणी तिवारी लगायत सामाजिक राजनीतिक व्यक्तित्वको सहभागिता रहेको थियो।

राष्ट्रको लागि खेलकुद स्वास्थ्यको लागि खेलकुद भन्ने मूल नारा सहित सुरु भएको प्रतियोगितामा गुल्मी,पाल्पा ,स्यांजा ,नवलपरासी ,पर्वत र बाग्लुङ्गको गरि १० टिमको सहभागिता रहेको खेल संयोजक झबिन्द्र थापाले बताउनुभयो। प्रतियोगिताको प्रथम हुने टिमले नगद रु १ लाख,शिल्ड मेडल तथा प्रमाण पत्र ,त्यस्तै द्वितीय हुने टिमले नगद रु ५० हजार शिल्ड मेडल तथा प्रमाण पत्र,तृतीय हुने टिमले नगद रु २५ हजार शिल्ड मेडल तथा प्रमाण पत्र पुरस्कार प्राप्त गर्नेछन। साथै प्रतियोगितामा बिभिन्न विधामा उत्कृस्ट प्रदर्शन गर्ने खेलाडीलाई समेत पुरस्कृत गरिने खेल संयोजक झबिन्द्र थापाले जानकारी दिनुभयो।
उद्घाटन सत्रमा आयोजक ए र बि टिम बीच मैत्री पूर्ण खेल संचलान भएको थिय। खेलमा आयोजक बि टिम बिजयी भएको थियो। क्लबका अध्यक्ष कवि ज्ञवालीको अध्यक्षता तथा प्रेम थापाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij