देवदह १४, माघ।रुपन्देहीको देवदहमा डि-युनिटी क्लब देवदहको आयोजनामा दोस्रो देवदह नकआउट फुटवल प्रतोयोगिता हुने भएको छ। प्रतोयोगिता यहि माघ २६ गते देखि देवदह ५ स्थित पनावारी खेलमैदानमा हुने खेल संयोजक सन्तोष घलेले बताउनुभयो।
१२ देखि १५ टिम सहभागी हुने प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ५० हजार नगद शिल्ड मेडल र प्रमाण पत्र ,दोस्रो हुने टिमले नगद ७५ हजार शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन। दर्ता शुल्क ८ हजार रहेको प्रतोयोगितामा सहभागी हुन् इच्छुक टिमले आयोजकलाई सम्पर्क गर्न क्लबले आग्रह गरेको छ।
प्रतियोगितामा नवलपरासी,पाल्पा ,रुपन्देही र कपिलबस्तुका खेलाडी तथा क्लबले सहभागिता जनाउने आयोजक क्लबका सदस्य तथा खेलाडी भिम दर्लामीले जानकारी दिनुभयो।
प्रतियोगितामा उत्कृष्ट खेलाडिले १० हजार ,सर्बाधिक गोलकर्ताले १० हजार ,उत्कृष्ट मिड फिल्डरले १० हजार ,उत्कृष्ट डिफेन्सरले १० हजार उत्कृष्ट गोल किपरले १० हजार तथा प्रत्यक दिनको खेलमा म्यान अफ ड म्याच हुने खेलाडीले २५ सय पुरस्कार पाउने क्लबका सदस्य सचिन श्रेष्ठले जानकारी दिनुभयो।
खेल सम्बन्धि तयारी तिब्र परिएको भन्दै एक दुइ दिन भित्रै प्रतियोगिताको बिषयमा पत्रकार सम्मेलन गरेर जानकारी गराउने खेल संयोजक सन्तोष घलेले जानकारी दिनुभयो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij