बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

राष्ट्रिय दलित पत्रकार संघ नेपालको बुटवलमा हुने सम्मेलनको तयारी तिव्र

राष्ट्रिय दलित पत्रकार संघ नेपालको बुटवलमा हुने सम्मेलनको तयारी तिव्र

images
  • 414
    SHARES

  • images
    images
    images
    राष्ट्रिय दलित पत्रकार संघ नेपालको बुटवलमा हुने सम्मेलनको तयारी तिव्र
    images
    images
    images

    माघ १६ । राष्ट्रिय दलित पत्रकार संघ नेपालको बुटवलमा हुने राष्ट्रिय सम्मेलनको तयारी तिव्र पारीएको छ । यही फाल्गुन २१ र २२ गते बुटवलमा हुने सम्मेलनको तयारीका सन्र्दभमा छलफल गर्न शुक्रबार संघको रुपन्देही शाखाको बैठक बसेको छ । संघका रुपन्देही अध्यक्ष टंक सुनारको अध्यक्षतामा बसेको बैठकले राष्ट्रिय सम्मेलन सम्पन्न गर्नका लागि रुपन्देही शाखाले आतिथ्यता गर्ने र संघका सदस्यहरुलाई थप क्रियाशिल बनाउने निर्णय गरेको सचिव सुरेश परीयारले जानकारी दिनु भयो ।

    बैठकमा संस्थाका उपाध्यक्ष सशी परीयार, कोषाध्यक्ष कृष्ण रणपाल, सदस्यहरु भरत नेपाली, सिता दर्नाल र प्रमोद नेपाललीले बोल्दै सम्मेलन सम्पन्न गर्नका लागि सबै एकजुट हुनु पर्नेमा जोड दिनु भयो । 

    images
    images
    images

    Capture.PNGउहाँहरुले राष्ट्रिय सम्मेलन बुटवलमा हुनु संघको रुपन्देही शाखाका लागि अवशर र चुनौती दुवै भएकाले आर्थिक व्यवस्थापनमा जोड दिनु पर्ने  बताउनु भयो । सो अवशरमा संस्थाका सचिव सुरेश परीयार रेडियो सैनामैना ९१ मेगाहर्जको स्टेशन म्यानेजर नियुक्त भएकोमा खादा ओढाएर कार्य सफलताको शुभकामना प्रदान गरीएको थियो । सचिव परीयारलाई शुभकामना दिदै अध्यक्ष टंक सुनारले रेडियोको माध्यमबाट दलित समुदाय लगायत पछाडी पारीएका समुदायको उत्थानमा बिशेष भुमिका खेल्न आग्रह गर्नु भयो । 

    रुपन्देहीका संञ्चारमाध्यमहरुमा ब्यवस्थापन र सम्पादन तहमा दलित समुदायको उपस्थिती ज्यादै न्यून रहेको उल्लेख गर्दै दलित समुदायको कार्यक्षमता अभिबृद्धिमा लाग्नु पर्नेमा जोड दिनु भयो । संघको राष्ट्रिय सम्मेलनमा देशभरबाट करीब २ सय दलित समुदायका पत्रकारहरुलाई बुटवलमा उतार्ने संघको तयारी रहेको छ । सम्मेलनको तयारीका लागि संघका केन्द्रिय सदस्य रीता बुढाथोकीको संयोजकत्वमा सम्मेलन व्यवस्थापन समिति गठन भइसकेको छ ।   

    images
    images

    निर्मल (एसपी) थापा

    • शुक्रवार, माघ १६ २०७७०७:१०:२३
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij