रुपन्देहीको देवदहमा सहिदहरुको सम्झनामा दिप प्रज्वलन गरिएको छ। निरङ्कुश जहानियाँ राणा शासनविरूद्ध आफ्नो ज्यानको बलिदान गरेका वीर सहिदको स्मरण गर्दै लियो क्लब अफ लर्ड बुद्दले देवदहको खैरेनी चोकमा सहिदहरुको सम्झनामा दिप प्रज्वलन गरेको हो।
निरंकुश राणा शासनको विरुद्ध जनताको हक हित र अधिकारका लागि लडेर बिरगती प्राप्त गरेका वीर सहिदहरु धर्मभक्त माथेमा,सुक्रराज सास्त्री ,दशरथ चन्द्र, र देशको नाममा आहुती दिने अन्य ज्ञात अज्ञात सहिदको सम्झनामा दिप प्रज्वलन गरिएको लियो क्लब अफ लर्ड बुद्दले जानकारी दिएको छ।
तानाशाही र निरंकुश राणा शासनको विरुद्ध जनताको हक हित र अधिकारका लागि लडेर बिरगती प्राप्त गरेका वीर सहिदहरु धर्मभक्त माथेमा,सुक्रराज जोशी,दशरथ चन्द ,गंगालाल श्रेष्ठ र देशको नाममा आहुती दिने अन्य ज्ञात अज्ञात सहिदको सम्झनामा दिप प्रज्वलन गरिएको लियो क्लब अफ लर्ड बुद्दले जानकारी दिएको छ।
प्रत्येक बर्ष माघ १६ गते देश र जनताको लागि बलिदान दिने सहिदहरुको सम्मान र सम्झनामा सहिद दिवस मनाउदै आउने गरिएको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij