बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

ओलीलाई सहयोग गर्न राष्ट्रिय युवा संघले ५ लाख बर्दी बिनाको सेना बनाउने

ओलीलाई सहयोग गर्न राष्ट्रिय युवा संघले ५ लाख बर्दी बिनाको सेना बनाउने

images
  • 261
    SHARES

  • images
    images
    images
    ओलीलाई सहयोग गर्न राष्ट्रिय युवा संघले ५ लाख बर्दी बिनाको सेना बनाउने
    images
    images
    images

    फाल्गुन ८,देवदह। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूह निकट राष्ट्रिय युवा संघ नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको साइबर सेना बनेर काम गर्ने निर्णय गरेको छ।

    आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर संघका अध्यक्ष बचनबहादुर सिंहले माघ २५ र २६ गते बसेको संघको केन्द्रीय कमिटी बैठकले यस्तो निर्णय गरेको बताएका हुन।

    images
    images
    images

    समाजिक सञ्जालमा सरकार र प्रधानमन्त्री ओलीविरुद्ध भइरहेको गलत प्रचारलाई नियन्त्रण गर्ने काम साइबर सेनाले गर्ने पनि प्रष्ट पारे।

    आफूलाई बुद्धिमान ठान्नेहरुले सरकार र कम्युनिष्ट पार्टीबारे जनतालाई दिग्भ्रमित पार्ने काम सामाजिक सञ्जालबाट गरिरहेकाले त्यसलाई नियन्त्रण गर्न साइबर सेनाले आफ्नो विवेक प्रयोग गरी परिचालन हुने बताए।

    यस्तै अध्यक्ष सिंहले आगामी चैत मसान्तभित्रमा ७७ वटै जिल्लामा युवा संघको कमिटी निर्माण गर्ने, सबै संघीय निर्वाचन क्षेत्रमा समन्वय कमिटी, प्रदेश निर्वाचन क्षेत्र समन्वय कमिटी, स्थानीय तहहरु र वडाहरुमा वटा कमिटी गठन गरी सुदृढ कमिटी प्रणाली स्थापित गर्ने निर्णय गरेको समेत बताए।

    युवा संघले केही बौद्धिक अराजकतावादीहरुले देशमा अस्थिरता र अराजकता मच्चाउन खोजिरहेको आरोप लगाएको छ। उनीहरुका पाखण्ड भण्डाफोर गर्दै जनतालाई यथार्थ बुझाउन साइबर सेनाको युनिट बनाउन लागिएको सिंहले बताए।

    प्रधानमन्त्री ओलीले लिएको ‘समृद्ध नेपाल सुखी नेपाली’को आकांक्षालाई पूरा गर्न र पार्टीलाई सहयोग गर्न बर्दी बिनाको सेनाको रुपमा ५ लाख सदस्यता वितरण गर्ने पनि सिंहले बताए।

    images
    images

    निर्मल (एसपी) थापा

    • शनिवार, फाल्गुण ८ २०७७०८:५८:३१
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij