बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

सिन्धुलीमा २७ लाख खर्चेर ‘ट्री टावर’

सिन्धुलीमा २७ लाख खर्चेर ‘ट्री टावर’

images
  • 263
    SHARES

  • images
    images
    images
    सिन्धुलीमा २७ लाख खर्चेर ‘ट्री टावर’
    images
    images
    images

    फाल्गुन १६ ,सिन्धुली। सबैतिर भ्यु टावर निर्माण गर्ने लहर चलिरहेका बेला यहाँ फरक खालको ‘ट्री टावर’ बनाइएको छ । कमलामाई नगरपालिका–१० को चँदाहा दोभानमा रुखलाई घेरेर भ्यु टावरजस्तै देखिने गरी ‘ट्री टावर’ बनाइएको हो ।

    नगरपालिकाले कमला नदी पार गरेर पुगिने चँदाहा दोभानमा सिमलको रुखलाई घेरेर चारतले टावर बनाएको छ । करिब २७ लाख लगानीमा चँदाहा दोभानमा वनभोजस्थल निर्माणअन्तर्गत सिमलको रुखलाई घेरेर टावर निर्माण गरिएको स्थानीय रामजी पाठकले जानकारी दिए । चँदाहा दोभानमा चरिचरन मुक्त क्षेत्र बनाएर जंगलको संरक्षणसमेत गरिएको उनले बताए । दोभानमा भएकामध्ये सबैभन्दा ठूलो सिमलको रुखमा टावर बनाएको हो ।

    images
    images
    images

    टावरबाट कमला नदी, खोंचका फाँट र तराईको दृश्यावलोकन गर्न सकिने स्थानीय कृष्णहरि घिमिरे बताउँछन् । ‘यो नयाँ किसिमको प्रयोग हो, यसबाट वनभोज खान आउने र अन्यलाई दृश्यावलोकन गर्न सहज हुन्छ,’ उनले भने । चँदाहा दोभानमा वनभोज खानेको लर्को लागेपछि पर्यटन शीर्षकको लगानीबाट ट्री टावर बनाइएको कमलामाई नगरपालिकाका इन्जिनियर आस्तिक बरालले जानकारी दिए । रुख टावर, सिटिङ चियर, खानेपानी ट्यांकीलगायतकाम ठेक्कामार्फत २७ लाखमा सम्पन्न भएको वडाध्यक्ष कैलाश ढुंगेल बताउँछन् ।

    images
    images

    निर्मल (एसपी) थापा

    • आइतवार, फाल्गुण १६ २०७७०८:०५:००
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij