बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

मेलमिलाप कर्ताहरुको लागि ३ दिने पुनर्ताजकी तालिम सुरु

मेलमिलाप कर्ताहरुको लागि ३ दिने पुनर्ताजकी तालिम सुरु

images
  • 795
    SHARES

  • images
    images
    images
    मेलमिलाप कर्ताहरुको लागि ३ दिने पुनर्ताजकी तालिम सुरु
    images
    images
    images

    फाल्गुन १९ ,देवदह।रुपन्देहीको देवदहमा मेलमिलाप कर्ता र न्यायिक समितिका सदस्यहरुको लागि ३ दिने पुनर्ताजकी तालिम सुरु भएको छ। न्यायिक समितिका सदस्यहरु र मेलमिलाप कर्ताहरुको लागि क्षमता बिकास गर्न पुनर्ताजकी तालिम आयोजना गरिएको हो।

    उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै देवदह नगरपालिका कार्यबाहक नगरप्रमुख तथा न्यायिक समितिका संयोजक बिद्या लक्ष्मी गुरुङले कानुन सम्बत हिसाबले सर्बसुलभ न्याय दिन तालिमले सहयोग पुग्ने बताउनुभयो। नया ब्यवस्था सगै परिबर्तन भएर आएका कानुनहरु मेलमिलाप कर्ताहरुले जान्न आवश्यक रहेको समाजमा भएका सामान्य र जटील द्वन्दहरुलाई निरुपण गर्न मेलमिलापकर्ताहरु को भूमिका महत्व पूर्ण हुने न्यायिक समितिका संयोजक तथा कार्यबाहक नगरप्रमुख  गुरुङले बताउनु भयो। 

    images
    images
    images

    न्यायिक समिति गठन भए देखि हाल सम्म २सय ९३ वटा मुद्दा दर्ता भएको र त्यस मध्ये १ सय ४३ वटा मुद्दा न्यायिक समितिले सहमति गराई फैसला गरेको केहि मुद्दा फैसला हुन वांकी रहेको कार्यबाहक नगरप्रमुख  गुरुङले बताउनु भयो।हाल सम्म देवदह नगरपालिकामा ७५ जना मेलमिलाप कर्ता सुचिकृत भएको र मेलमिलाप कर्ताको सहजता र थपिएका बिषयबस्तुकोजानकारीका  लागि तिन -तिन महिनामा अन्तरक्रिया गरिएको उहाले बताउनुभयो। 

    May be an image of 4 people, people standing and indoor

    देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज वेलवासेले सिक्नुपर्ने धेरै चिज रहेको बताउदै मुद्दा मामिला तथा उजुरीहरु छलफलको माध्यम बाट समाधान गर्दा दुवै पक्षको जित हुने र ति कुराहरुलाई समाधान गर्नका निम्ति मेलमिलाप कर्ताको अहम भूमिका रहने बताउनुभयो। 

    उद्घाटन कार्यक्रममा देवदह नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष पदम थापा ,वडा नम्बर ६ का वडा अध्यक्ष दामोदर क्षेत्रि  तथा  न्यायिक समितिका सदस्यहरुको उपस्थिति रहेको थियो भने ५० जना भन्दा बढी मेलमिलाप कर्ताको सहभागिता रहेको छ। 

    May be an image of 9 people, people standing and people sitting

    देवदह नगरपालिकाका कानुनि सल्लाहकार दासिरम पाण्डे र प्रशिक्षक सिताराम अधिकारीले तालिमको सहजीकरण गर्नुभएको छ। 

    images
    images

    निर्मल (एसपी) थापा

    • बुधवार, फाल्गुण १९ २०७७०८:१४:१९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij