फागुन २६ ,देवदह। अनेरास्ववियु देवदह आदर्श बहुमुखी क्याम्पसमा क्याम्पस कमिटीद्धारा आयोजित भलिबल प्रतियोगिता २०७७ मा छात्र तर्फ मनिस ज्ञवाली र छात्रा तर्फ जिना थापाको समूह विजय भएका छन् ।

छात्र तर्फ तीन समूह मध्य मनिस ज्ञवाली र सुमन रानाको समूह फाईनल खेल खेलेका थिए । फाईनल खेलमा ज्ञवालीको समुहले २५-१९ , २३-२५, १५-११ को अन्तरले जित हासिल गरेका थिए । त्यस्तै छात्रा तर्फ फाईनल खेलमा जिना थापको समुहले रोशनी थापाको समुहलाई हराएको थियो । फाईनल खेलमा जिनाको समुहले २५-१७ र २६-२४ को सोजो सेटमा जित हासिल गरेका थिए ।

प्रतियोगिताको म्यान अफ दि म्याच भने छात्र तर्फ हिमाल दर्लामी र छात्रा तर्फ निर्मला सारु भएका थिए । प्रतियोगितामा बिजय हुनि समुहलाई कार्यक्रमका प्रमुख अतिथि अनेरास्ववियु केन्द्रिय कमिटी सदस्य अर्जुन गैरे, अनेरास्ववियु देवदह आदर्श बहुमुखी क्याम्पसमा क्याम्पस कमिटी अध्यक्ष केशव न्यौपाने, अनेरास्ववियु जिल्ला कमिटी सदस्य तथा देवदह नगर कमिटी अध्यक्ष सुरज भट्टराई लगाएतले विजयी हुने समुहलाई मेडल र प्रमाणपत्र वितरण गर्नु भएको थियो ।
कार्यक्रम अनेरास्ववियु ,देवदह आदर्श बहुमुखी क्याम्पस, क्याम्पस कमिटी अध्यक्ष केशव न्यौपानेको अध्यक्षता र जिल्ला कमिटी सदस्य अशोक गैरेको संचालनमा भएको थियो । खेलको संयोजन भने सुमन रानाले गरेका थिए ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij