बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

मोरङमा शंकास्पद मृत्युको घटना ,ओली समूहका केन्द्रीय सदस्य पक्राउ

मोरङमा शंकास्पद मृत्युको घटना ,ओली समूहका केन्द्रीय सदस्य पक्राउ

images
  • 234
    SHARES

  • images
    images
    images
    मोरङमा शंकास्पद मृत्युको घटना ,ओली समूहका केन्द्रीय सदस्य पक्राउ
    images
    images
    images

    मोरङ पथरी शनिश्चरेमा शंकास्पद मृत्युको घटनामा मोरङ प्रहरीले एक जनालाई बुधबार पथरी शनिश्चेरबाट पक्राउ गरेको छ।

    तत्कालीन नेकपा ओली समूहका केन्द्रीय सदस्यसमेत रहेका मोरङ पथरी शनिश्चरे–१० मंगलबारेका ४४ वर्षिय युवराज बास्कोटालाई पक्राउ गरेको प्रहरीले जनाएको छ। पुस १४ गते बिहान सोही वडाको आदर्श टोलका १९ वर्षिय सञ्जीव भण्डारी बास्कोटाको घरको एउटा कोठामा सुतेकै अवस्था मृत फेला परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले बताए। ‘बास्कोटालाई उनकै घरबाट बुधबार बिहान पक्राउ गरेका हौं,’ डिएसपी राईले भने, ‘बास्कोटाको घरमा मृत अवस्था भण्डारी फेला परेपछि घटनाको थप अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको हो। उनीविरुद्ध कर्तव्य ज्यानमा किटानी जाहेरीसमेत परेको छ।’

    images
    images
    images

    प्रहरीका अनुसार पुस १३ गते बास्कोटाका परिवार घरको एउटा कोठामा र अर्को कोठामा भण्डारी सुतेका थिए। बिहान नउठेपछि हेर्दा सुतेकै ठाउँमा मृत अवस्थामा भण्डारी भेटिएको प्रहरीले जनाएको छ। मृतककी आमा राधिका भण्डारीले पुस २६ गते इलाका प्रहरी कार्यालय पथरीमा बास्कोटाविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दिएकी छिन्।  

    मृतक भण्डारीको पोष्टमार्टम र फरेन्सिक ल्याबबाटसमेत रिपोर्ट आइसकेको हुँदा कुन अभियोजनमा अघि बढ्ने भन्ने विषयमा जिल्ला सरकारी वकिलसँग समन्वय भइरहेको डिएसपी राईले बताए। मृतक भण्डारीको बाहिरी शरीरको कुनै पनि भागमा चोटपटक नदेखिएको र बास्कोटालाई पक्राउ गरी ज्यान सम्बन्धी कसुरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

    images
    images

    निर्मल (एसपी) थापा

    • बुधवार, फाल्गुण २६ २०७७०७:४५:४३
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij