बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

संविधानको रक्षाका लागि शान्तिपूर्ण आन्दोलन आवश्यक:प्रचण्ड

संविधानको रक्षाका लागि शान्तिपूर्ण आन्दोलन आवश्यक:प्रचण्ड

images
  • 266
    SHARES

  • images
    images
    images
    संविधानको रक्षाका लागि शान्तिपूर्ण आन्दोलन आवश्यक:प्रचण्ड
    images
    images
    images

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा संविधानको रक्षाका लागि शान्तिपूर्ण आन्दोलन आवश्यक भएको बताएका छन् ।  

    राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई आज बुटवलमा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री दाहालले लामो सङ्घर्ष र बलिदानीबाट प्राप्त उपलब्धि गुम्ने खतरा भएकाले रक्षाका लागि शान्तिपूर्ण आन्दोलन अपरिहार्य रहेकामा जोड दिए । 

    images
    images
    images

    पछिल्लो समय देशमा परिवर्तनलाई उल्ट्याउने षड्यन्त्र भएको जनाउँदै उनले यसका विरुद्ध सङ्घर्ष गरिने बताए । “मैले फेरि विद्रोहमा जाने कुरा गरेको होइन तर पाएको उपलब्धि कसैले कुल्चिन नपाओस् भन्नाका लागि शान्तिपूर्ण रङ्गीन क्रान्ति आवश्यक छ ।”  

    नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइराला र आफूले संयुक्त रूपमा जारी गरेको बाह्रबुँदे सहमतिका आधारमा आएको संविधानको हत्या गर्न खोज्नेलाई शान्तिपूर्ण क्रान्तिबाट पाखा लगाइने जनाउँदै अध्यक्ष दाहालले सबैलाई एकजुट हुन आह्वान गरे । 

    अध्यक्ष दाहालले शान्तिपूर्ण आन्दोलनका लागि तयार रहन दलित समुदायलाई आग्रहसमेत गरे । “दलितको साथ नभएको भए आन्दोलन सफल हुने थिएन,’ उनले भने,“ त्यसैले अब पुनः प्रतिगमनतिर लैजान खोज्नेविरुद्ध दलित समुदायको एकता आवश्यक पर्नेछ ।”

    सो अवसरमा काङ्ग्रेसका नेता बालकृष्ण खाँणले संविधानको रक्षा गर्नु सरकारको दायित्व भएको बताए ।  “अहिले मुलुकमा दुई राजनीतिक धार देखिएका छन् । एउटाले संविधानको रक्षा गर्न चाहन्छ, अर्कोले उल्टाउन चाहन्छ ”, संसदीय दलका प्रमुख सचेतक खाँणले भने, “ तर संविधान कसैले च्यातेर च्यातिँदैन । जसले च्यात्न खोज्छ, उही समाप्त हुन्छ ।” 

    खाँणले बहुदलीयताको मान्यतालाई स्वीकार गरी संविधानको रक्षाका लागि सबै अघि बढ्नुपर्ने बताए । राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालका अध्यक्ष विनोद पहाडीले दलित समुदायका सञ्चारकर्मीलाई गोलबन्द गर्दै मिडियामा समावेशिताका विषय अघि बढाउन सङ्घको आवश्यकता रहेको बताए । 

    समारोहमा नेपाल पत्रकार महासङ्घ रुपन्देहीका पूर्वाध्यक्ष बालकृष्ण चापागाईँ, पत्रकार महासङ्घ लुम्बिनी प्रदेशका उपाध्यक्ष भरत केसीलगायतले आमसञ्चारकर्मीको एकता र क्रियाशीलताले नै सञ्चार क्षेत्रमा आइपर्ने चुनौती सामना गर्न सहज हुने धारणा राखे । 

    कार्यक्रमअघि बुटवलको पुष्पलालपार्कबाट सुरु भएको बाजागाजासहितको पदयात्रा नगरका विभिन्न भाग हुँदै कार्यक्रमस्थलमा पुगेको थियो । दुई दिनसम्म चल्ने दलित पत्रकार सङ्घको महाधिवेशनमा नेतृत्व चयन हुने छ ।रासस 

    images
    images

    निर्मल (एसपी) थापा

    • शुक्रवार, फाल्गुण २८ २०७७०६:१६:४८
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij