देवदह २९ ,फाल्गुन । सुचनाका लागि सामुदायिक सञ्चार अभियान द्वारा सञ्चालित रेडियो देवदह काे चाैथाे साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ। अधिवेशन बाट प्रजापति सापकाेटा अध्यक्षमा सर्बसम्बत रुपमा निर्बाचित भएका छन्।त्यस्तै वरिष्ठ उपाध्यक्षमा तेजु अर्याल,उपाध्यक्षमा गणेश कुमार खाती,महासचिव भिमप्रसाद गुरुङ,सचिवमा दिपक न्याैपाने तथा काेषाध्यक्षमा टंक प्रसाद पाेखरेल चयन भएका छन्।
त्यस्तै सदस्यहरूमा एक नारायण काफ्ले ,विनाेद थापा मगर,धनबहादुर अधिकारी ,खेमानन्द ज्ञवाली,मन्जु के.सी., सुन्दरी गिरी, पुर्णप्रसाद पौडेल निर्वाचित हुनु भएको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij