बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

देवदहमा एक महिने मखमल जुत्ता बनाउने तालिम सुरु

देवदहमा एक महिने मखमल जुत्ता बनाउने तालिम सुरु

images
  • 1.3K
    SHARES

  • images
    images
    images
    देवदहमा एक महिने मखमल जुत्ता बनाउने तालिम सुरु
    images
    images
    images

    सुरज भट्टराई,देवदह । रुपन्देहिको देवदहमा एक महिने मखमल जुत्ता बनाउने तालिम सुरु भएको छ।ग्लोबल ट्रेनिङ सेन्टरको व्यवस्थापन तथा देवदह नगरपालिका नगर कार्यपालिकाको कार्यलयको आर्थिक सहयोगमा उक्त तालिम सुरु भएको हो । 

    कार्यक्रमकको प्रमुख अतिथी देवदह नगरपालिकाको नगर प्रमुख हिरा केसीले उद्घाटन गर्नुभएको थियो । प्रमुख अतिथि केसीले कुनै पनि तालिम लिई सकेपछि त्यो प्रमाणपत्रमा मात्रै सीमीत नगरी एउटा सक्षम महिलाको रुपमा कार्यान्वयनमा ल्याउनुपर्ने कुरा जोड दिनुभएको थियो। महिलालाई अहिलेको प्रतिस्पर्धात्मक युगमा आय आर्जन मूलक सीप अति आवश्यक रहेको र सोहि कुरालाई मध्यनजर गर्दै आयमूलक सीप विकासका लागि तालिमहरु नगरपालिकाले व्यवस्था गरेको बताउनुभयो । 

    images
    images
    images

    No description available.

    तालिममा  प्रशिक्षक नम्रता पचभैया मगर  र भगवती बस्यालले प्रशिक्षण दिनुहुनेछ । तालिममा देवदह नगरपालिका वडा नं ७ र ८ का गरी ४० जना महिलाहरु सहभागी रहेका ग्लोबल ट्रेनिङ सेन्टरका प्रवन्धक निर्देशक हेमा वेलबासेले जानकारी दिनुभएको थियो । उहाले प्रशिक्षार्थीहरुले काम गर्न थालेपछि बजार ब्यवस्थापन गरिदिने कुरा पनि बताउनु भएको थियो ।

    तालिममा देवदह नगरपालिका उप-प्रमुख विद्या लक्ष्मी गुरुङ , देवदह नगरपालिका वडा नं ७ का वडा अध्यक्ष पदम थापा , देवदह नगरपालिका वडा नं ८ का वडा अध्यक्ष डण्डापानी भट्टराई , देवदह नगरपालिका कार्यपालिका सदस्य बन्दु कुमाल ,देवदह नगरपालिका प्रमुख प्रसासकिय अधिकृत डिल्लीराज बेलबासे, देवदह नगरपालिका लेखा अधिकृत निरज पौडेल आदि लगाएतको आतिथ्यता रहेको थियो ।

    कार्यक्रम देवदह नगरपालिका उप-प्रमुख विद्या लक्ष्मी गुरुङको अध्यक्षता , ग्लोबल ट्रेनिङ सेन्टरका प्रवन्धक निर्देशक हेमा वेलबासेको स्वागत र देवदह नगरपालिका वडा नं ७ कि वडा सदस्य सरस्वती पोख्रेलको संचालनमा भएको थियो ।

    images
    images

    निर्मल (एसपी) थापा

    • मंगलवार, चैत्र ३ २०७७०८:४६:०१
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij