बुधवार, आश्विन १४ गते २०८३
चैत्र ७ देवदह। रुपन्देहीको देवदहमा एक दिने नि:शुल्क आँखा तथा दन्त शिविर सम्पन्न भएको छ । श्री जन जागरण युवा क्लबको आयोजना , रोटरी क्लब अफ देवदहको सह आयोजना र श्री कृष्ण दाँत तथा आँखा उपचार केन्द्रको प्राविधिक सहयोगमा उक्त शिविर सम्पन्न भएको हो । शिविर श्री शान्ति प्रीय आधारभुत विद्यालय, देवदह ४ सिंगाहा को प्राङ्गणमा गरिएको थियो । सो आँखा तथा दन्त शिविर कार्यक्रममा करिब १५० जनाले चेकजाँच गरेका थिए। उक्त कार्यक्रममा श्री कृष्ण दाँत तथा आँखा उपचार केन्द्रका दन्त सम्बन्धित डा.कृष्ण गैरे र आँखा सम्बन्धित डा.सरोज गैरेको सहयोगमा चेकजाँच गरिएको थियो । साथै उक्त शिविरमा नि:शुल्क औषधी समेत प्रदान गरिएको थियो। उक्त कार्यक्रममा देवदह नगरपालिकाको नगर उप प्रमुख विद्या लक्ष्मी गुरुङको प्रमुख आतिथ्यता , देवदह नगरपालिका वडा नं ४ का वडा अध्यक्ष दिपक चापागाई,मायादेवी खानेपानी उपभोक्ता समितीका अध्यक्ष चक्रपानी तिवारी, कार्यपालिका सदस्य शान्ता भट्टराई, क्लबका निबर्तमान अध्यक्ष बिरेन्द्र पाण्डे, सोही विद्यालयका प्रधानाध्यापक शेश्नारायण रेग्मी, क्लबका सल्लाहकार भिम गुरुङ ,जग्दिस तिवारी ,नारायण प्रसाद लुइँटेल , देवदह आदर्श बहुमुखी क्याम्पसका प्राचार्य मित्रलाल न्यौपाने लगाएतको आतिथ्यता रहेको थियो। कार्यक्रम श्री जन जागरण युवा क्लबको अध्यक्ष अजय चापागाईंको अध्यक्षता , रोटरी क्लब अफ देवदहका सचिब सचिन पंगेनीको स्वागत र क्लब को सचिब अशोक पाण्डेको संचालनमा भएको थियो। उक्त शिविरको संयोजन क्लबका उपाध्यक्ष गोपाल पाण्डेले गर्नु भएको थियो ।
लुम्बिनी पाना मिडिया प्रालिद्वारा सञ्चालित
लुम्बिनी पाना डटकम
सूचना तथा प्रसारण विभाग दर्ता नं-३२७९/०७८/०७९ प्रधान कार्यालय:देवदह-३ रुपन्देही
कर्पाेरेट कार्यालय : बुटवल -१०,रुपन्देही
मुख्य शाखा कार्यालय : तिनाउ गाउँपालिका -३ ,पाल्पा समाचार तथा विज्ञापनको लागि ९८५७०८३४५० ,९८४२००२४७८ Email:lumbinipana312@gmail.com
समाचारको लागी : newslumbinipana@gmail.com
प्रबन्ध सम्पादक : निर्मल एसपी थापा
कार्यकारी सम्पादक :एलबी सर्बुजा सम्पादक : सुनिता थापा
Copyright © 2026 All right reserved to Lumbini Pana Site By: Sobij