बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

जन्मदिनको अवसरमा शैक्षिक सामाग्री तथा छात्रवृत्ति हस्तान्तरण

जन्मदिनको अवसरमा शैक्षिक सामाग्री तथा छात्रवृत्ति हस्तान्तरण

images
  • 474
    SHARES

  • images
    images
    images
    जन्मदिनको अवसरमा शैक्षिक सामाग्री तथा छात्रवृत्ति हस्तान्तरण
    images
    images
    images

    देवदह ९ चैत्र। नेपाल जेसीज वर्ष २०२० का राष्ट्रीय कार्यकारिणी उपाध्यक्ष, देवदह जेसीजका संस्थापक अध्यक्ष तथा नेपाल जेसीज बर्ष २०२१ का अध्यक्ष सल्लाहकार युवा समाजसेवी बिजय गुरुङले आफ्नो २६ औ जन्मोत्सवको अवसरमा देवदह ६ मा अवस्थित श्री साइबाबा बिद्या पिठमा अध्यनरत बिद्यार्थीहरुको लागि शैक्षिक सामाग्री तथा साइबाबा च्यारिटी ट्रस्टलाई १२ हजार रुपैयाँ छात्रवृति हस्तान्तरण गर्नुभएको छ।

    May be an image of 4 people and people standing

    images
    images
    images

    बिक्रम सम्बत २०५१ सालमा पिता यम बहादुर गुरुङ र माता आशा गुरुङको कोख वाट जन्म लिनुभएका बिजय गुरुङले देवदह जेसिजको कारणनै आफुले धेरै कुरा सिकेको बताउदै,समाजमा सामाजिक कार्यमा अग्रसर हुन आफुले जेसिज वाट नै सिकेको बताउनुभयो। नेपाल जेसीज वर्ष २०२० का राष्ट्रीय कार्यकारिणी उपाध्यक्ष समेत रहेका गुरुङले नेपाल जेसीज वर्ष  २०२१ का लागि आफुले राष्ट्रीय अध्यक्षमा उम्मेदवारी दिने बताउनुभयो। 

    श्री साइबाबा बिद्या पिठका व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र पौडेल ,साइबाबा च्यारिटीका खेम नारायण अधिकारीलाई पुर्व प्रतिनिधि सभा सदस्य,नेपाली काङ्ग्रेसका नेता अब्दुल रज्जाक,देवदह नगरपालिका प्रमुख हिरा बहादुर खत्री,वडा नम्बर ६ का वडा अध्यक्ष दामोदर क्षेत्रि र बिजय गुरुङले शैशिक सामग्री र छात्रवृति हस्तान्तरण गर्नुभयो। 

    कार्यक्रममा रुपन्देही क्षेत्र नम्बर १ का पुर्व प्रतिनिधि सभा सदस्य,नेपाली काङ्ग्रेसका नेता अब्दुल रज्जाक,देवदह नगरपालिका प्रमुख हिरा बहादुर खत्री,वडा नम्बर ६ का वडा अध्यक्ष दामोदर क्षेत्रि,नेपाली काङ्ग्रेस नगर अध्यक्ष गुनाखर भुर्तेल,मुक्ति राज पौडेल, साइबाबा च्यारिटीका खेम नारायण अधिकारी तथा विभिन्न क्षेत्र बाट पाल्नुभएका जेसिजका पदाधिकारी,समाजसेवीको सहभागिता रहेको थियो।

    कार्यक्रम देवदह जेसिज वर्षा २०२१ का अध्यक्ष जेसी केशबराज पराजुलीको अध्यक्षता,जेसी किशन पौडेलको स्वागत र महासचिब जेसी दिपक अधिकारीको संचालनमा सम्पन्न भएको थियो। 

    images
    images

    निर्मल (एसपी) थापा

    • सोमवार, चैत्र ९ २०७७०८:१३:५९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij