बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

देवदहमा चैत्र १४ र १५ गते प्रथम टेबलटेनिस प्रतियोगिता हुने

देवदहमा चैत्र १४ र १५ गते प्रथम टेबलटेनिस प्रतियोगिता हुने

images
  • 563
    SHARES

  • images
    images
    images
    देवदहमा चैत्र १४ र १५ गते प्रथम टेबलटेनिस प्रतियोगिता हुने
    images
    images
    images

    चैत्र १० देवदह। ।रुपन्देहीको देवदहमा टेबलटेनिस प्रतियोगिता हुने भएको छ।टेबलटेनिस क्लब अफ देवदहको आयोजनामा यहि चैत्र १४ र १५ गते टेबलटेनिस प्रतियोगिता हुन लागेको हो।        

    २ सय रुपैयाँ दर्ता शुल्क राखिएको प्रतियोगितामा १० टिमको सहभागिता रहने र खेल B25 पार्टी प्यालेसमा संचालन हुने खेल संयोजक सगुन लामिछानेले जानकारी दिनुभयो। B25 पार्टी प्यालेसमा आज पत्रकार सम्मेलन गर्दै टेबलटेनिस क्लब अफ देवदहले खेलको बिषयमा जानकारी गरेको हो। देवदह क्षेत्रमा पहिलो पटक हुन लागेको टेबलटेनिस प्रतियोगिता बाट रास्ट्रिय स्तरका टेबल टेनिस खेलाडी उत्पादन गर्ने मनोरंजन संगै शारीरिक भौतिक क्षेमताको अभिबृद्दी गर्ने ,स्थानीय स्तरमा पनि टेबलटेनिस खेलको क्षेमता बढाउने उद्देश्य राखिएको क्लबका अध्यक्ष तथा खेल संयोजक  सगुन लामिछानेले जानकारी दिनुभयो।

    images
    images
    images

    करिब ४ लाख रुपैया खर्च अनुमान गरिएको प्रतियोगितामा हाल सम्म खर्चको श्रोत नजुटेको र क्लबका सदस्यहरुको सक्रियतामा खेल संचालन गर्न लागिएको टेबलटेनिस क्लब अफ देवदहले पत्रकार सम्मेलनमा जानकारी गरेको छ। देवदह जेसिज सहयोगी संस्था रहेको प्रतियोगितामा नगरपालिका लगायत बिभिन्न संघ संस्थाले सहयोगको आश्वासन दिएको क्लबले जानकारी गरेको छ। 

    त्यस्तै क्लबका सल्लाहकार विकास गहतराजले देवदहमा पहिलोपटक हुन लागेको टेवल टेनिस प्रतियोगितामा पुरस्कार भन्दा पनि खेललाई महत्वपूर्ण मान्दै खेल संचालन गर्न लागिएको बताउनु भय। स्थानीय स्तरमा फुटवल ,क्रिकेट ,ब्याडमिन्टन र भलिवल मात्रै प्राथमिकतामा रहेको र टेवल टेनिस खेललाई पनि प्राथमिकता दिनुपर्ने उहाको भनाइ रहेको थियो। 

    कार्यक्रममा देवदह जेसिजका अध्यक्ष जेसी केशबराज पराजुली ,क्लबका सल्लाहकार विकास गहतराज ,प्रेम थापा ,उपाध्यक्ष अरुण भण्डारी ,सदस्यहरु बबिन श्रेष्ठ ,सुजन लामिछाने लगायतको उपस्थिति रहेको थियो। 

    images
    images

    निर्मल (एसपी) थापा

    • मंगलवार, चैत्र १० २०७७०८:०८:१०
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij