बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

तिनाउ हस्पिटलमा डाक्टर कुर्दा कुर्दै बिरामीको ज्यान गयो!

तिनाउ हस्पिटलमा डाक्टर कुर्दा कुर्दै बिरामीको ज्यान गयो!

images
  • 1.7K
    SHARES

  • images
    images
    images
    तिनाउ हस्पिटलमा डाक्टर कुर्दा कुर्दै बिरामीको ज्यान गयो!
    images
    images
    images

    चैत्र १८,बुटवल।बुटवल स्थित तिनाउ ईन्टरनेशनल अस्पतालमा सोमबार देखि अस्पताल भर्ना भएकी सैनामैना सालझण्डीकी ४० वर्षिया पार्वती घिमिरेको अस्पताल भित्रै डाक्टर नपाउँदा मृत्यु भएको छ ।  लगातार बमिटिङ र अक्सिजनको कमी भएर अस्पताल ल्याईएकी उनलाई स्वास प्रश्वास लिन असहज भएपछि उनीहरुले डाक्टर कल गर्न भनेका थिए । मध्यराती अन्दाजी १ः५०मा डाक्टर कल गर्दा डाक्टर २ः४० मा मात्र डाक्टर बिरामी जाँच्न पुगेका थिए ।

    ईमर्जेन्सीका ड्युटी अफिसर रुद्र कार्की समयमा बिरामीको उपचारमा नपुग्दा बिरामीको मृत्यु भएको मृतकका श्रीमान सुर्यबहादुर बरालले बताए । राती १० बजेबाटै बिरामीलाई असहज भएको भन्दै बिरामीका आफन्तले आईसीयूको सेवा माग्दा पनि अस्पतालले बेवास्ता गरेको बरालले बताए ।

    images
    images
    images

    ‘२४ सै घण्टा डाक्टरको सुबिधा छ भनेर गरेको प्रचार हेरेर श्रीमतीलाई अस्पताल ल्याईयो अहिले डाक्टर नपाएर श्रीमतीको ज्यान गयो ।’ बरालले भने । चिकित्सकको लापरवाहीका कारण बिरामीको मृत्यु भएको कारण डाक्टरलाई कारवाही गर्न माग गर्दा अस्पतालका अध्यक्ष चिरन्जिवी जोशीले गोप्य कोठामा बसेर कुरा मिलाउन भनेको बरालले आरोप लगाए । ‘मेरो जहान बितेको छ, म कोठामा बसेर कुरा मिलाउन चाहन्न, डाक्टरमाथि कारवाही हुनु पर्यो।’ बरालले भने । उता अस्पतालका अध्यक्ष जोशीले राती ११ बजे नै डाक्टरहरुले आईसीयूमा लैजान भन्दा बिरामीका आफन्त नमानेको बताउँछन् । ‘आवश्यकता अनुसार डाक्टरहरुले उपचार गरेकै हुन्, कोशिस गर्दा पनि बचाउन सकिएन ।’ जोशीले बताए । ईमर्जेन्सीका डाक्टर कार्की कल गरेको ४३ मिनेट पछि अस्पताल पुगेको भने उनले स्विकार गरेका छन् ।

    सरकारी अस्पतालमा कडाईका साथ ड्युटी नहुने भनेर निजी अस्पतालमा ल्याउँदा पनि समयमा डाक्टर नपाएर बिरामीको मृत्यु भएको आफन्तहरुले बताएका छन।

    images
    images

    निर्मल (एसपी) थापा

    • बुधवार, चैत्र १८ २०७७०९:२६:२८
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij