बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

अबको विकासको यात्रा सहकारी विना असम्भव छ:नगरप्रमुख खत्री

अबको विकासको यात्रा सहकारी विना असम्भव छ:नगरप्रमुख खत्री

images
  • 533
    SHARES

  • images
    images
    images
    अबको विकासको यात्रा सहकारी विना असम्भव छ:नगरप्रमुख खत्री
    images
    images
    images

    चैत्र १९ ,देवदह।रुपन्देहीको देवदहमा ६४ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा ऐन बमोजिम सहकारी सञ्चालन र कानुनी प्रावधान विषयक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । विहिबार सहकारी अभियान देवदहको आयोजना तथा देवदह नगरपालिकाको वित्तिय सहयोगमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रममा प्रमुख अतिथी देवदह नगरपालिकाका नगर–प्रमुख हिरा बहादुर खत्रीले अबको विकासको यात्रा सहकारी विना सम्भव नरहेको बताउनु भएको छ । सहकारी मार्फत आम जिवनयापन, सामाजिक आर्थीक रुपान्तरणका लागि सहयोग गर्न पनि बताउनु भएको छ । उहाँले आज भन्दा ६४ वर्ष अगाडि सुरु भएको सहकारीको यात्रा २०४६ को राजनितिक परिवर्तन पछि मात्रै सक्रिय भएको बताउनु भयो । उहाँले लोकतन्त्र र प्रजातन्त्र विना सहकारीको अभियान, सिद्धान्त, यात्रा,मान्यताहरु स्थापित हुन नसक्ने कुरा बताउनु भएको थियो ।

    images
    images
    images

    कार्यक्रममा “सहकारी सम्बन्धी स्थानिय कानुनी पक्ष”को विषयमा देवदह नगरपालिका सहकारी विभाग प्रमुख गंगा प्रसाद पन्थीले प्रशिक्षण गर्नु भएको थियो भने “नेपाल सहकारीको कानुनी संहिता र परिपालना” विषयमा नेपाल राष्ट्रिय सहकारी बोर्ड का अध्यक्ष परितोष पौडेलले प्रशिक्षण दिनु भएको थियो । 

    कार्यक्रममा देवदह नगरपालिकाका प्रशासकिय अधिकृत डिल्लीराम बेलबासे , उप–प्रमुख विद्या लक्ष्मी गरुङ्ग, राष्ट्रिय सहकारी बोर्डका सदस्य प्रकाश अर्याल, राष्ट्रिय सहकारी महासंघका सदस्य तथा जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष भिम प्रसाद तुलाधर, निर्माण बहुउद्देश्य सहकारी संस्थाका अध्यक्ष मोतिलाल ढकाल लगायले बोल्नु भएको थियो भने देवदह नगरपालिका देवदह नगरपािलकाका प्रवत्ता तथा  वडा नं. ५ का वडा अध्यक्ष झिल्लु प्रसाद न्यौपाने, वडा नं. ६ का वडा अध्यक्ष दामोदर क्षेत्री र वडा नं. १० का वडा अध्यक्ष यक बहादुर सुनार लगायतको उपस्थिति रहेको थियो ।

    कार्यक्रम जिल्ला सहकारी संघ रुपन्देहीकी सचिव तथा साना किसान सहकारी सस्था लि. देवदहकी अध्यक्ष टिका गौतमको अध्यक्षता, पल्लवी साकोसका अध्यक्ष दिवाकर अधिकारीको स्वागत मन्तव्य र कोलिय देवदह साकोसका अध्यक्ष  शुभकान्त न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो ।     

    images
    images

    निर्मल (एसपी) थापा

    • बिहिवार, चैत्र १९ २०७७०७:५२:५५
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij