बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

बागलुङ झडप घटनामा संलग्न ८ जना सार्वजनिक

बागलुङ झडप घटनामा संलग्न ८ जना सार्वजनिक

images
  • 222
    SHARES

  • images
    images
    images
    बागलुङ झडप घटनामा संलग्न ८ जना सार्वजनिक
    images
    images
    images

    बागलुङको बल्देधुरीमा दुई जनको मृत्यु हुने गरी भएको झडपमा संलग्न भएको आरोपमा पक्राउ परेका ८ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

    शुक्रबार पत्रकार सम्मेलनमार्फत जिल्ला प्रहरी कार्यालयले घटनाका आरोपी सार्वजनिक गरेका हुन् । होली खेल्ने क्रममा भएको विवाद र झडपपछि भीरबाट खसालेर ‘हत्या’ भएको प्रारम्भिक अनुसन्धानले खुलेको प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरले बताए । घटनाको अनुसन्धानका लागि जिल्ला अदालतले एक साताको म्याद थप गरेको छ ।

    images
    images
    images

    होली खेल्ने क्रममा निसीखोला गाउँपालिका–७ का ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक परियारको मृत्यु भएको थियो । उनीहरुको शव घटनास्थलदेखि ४ सय मिटर तल भेटिएको थियो ।

    कुटपिट गर्ने र भीरबाट खसाल्ने काममा संलग्न भएको आरोपमा प्रहरीले बडिगाड गाउँपालिका वडा नं. १० का २८ वर्षीय रेशम बुढामगर, ४६ वर्षीय ढालबहादुर बुढा, ३१ वर्षीय सूर्य बुढा, ३३ वर्षीय झनबहादुर बुढा र उमेर नखुलेको तीर्थलाल बुढालाई गाउँबाटै पक्राउ गरेको हो ।

    त्यस्तै २३ वर्षीय मिलन बुढा र २४ वर्षीय रेशम भनिने भेषराज बुढालाई गुल्मीको मदाने गाउँपालिका, र त्यस्तै २३ वर्षीय कुमार छन्त्याललाई रुपन्देहीको भैरहवाबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक पल्लीमगरले बताए । तीमध्ये ६ जनालाई प्रहरीले पक्राउ गरेको हो भने दुई जना आत्मसर्मपण गरेर प्रहरीमा आएका हुन् ।


    गुल्मी, बागलुङ र प्यूठान सिमानाको बल्देधुरीमा स्वत:स्फुर्त मेला लागेकोले प्रहरीले सुरक्षा दिन नसकेको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताए । ‘सूचना थिएन, मेला लाग्दैछ भन्ने पनि थाहा भएन, त्यसैले प्रहरी पहिला गएको थिएन,’ हवारीले भने, ‘घटनाको सूचना पाएपछि पनि नजिकको प्रहरी पुग्न ३ घण्टा लागेको थियो ।’ मानव बस्तीदेखि टाढा भएकोले उद्धार र अभियुक्तको खोजीसमेत ढिला भएको उनले बताए ।

    अनुसन्धानमा खटिएका प्रहरीका अनुसार रमाइलो गर्दै होली खेल्ने क्रममा एक महिलालाई रंग दलेको विषयमा विवाद सुरु भएको थियो । विवाद मिलिसक्ने बेलामा फेरि एकाएक कुटपिट सुरु भएपछि भागदौड मच्चिएको थियो ।

    images
    images

    निर्मल (एसपी) थापा

    • शुक्रवार, चैत्र २० २०७७०७:३३:०७
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij