चैत्र २० ,पाल्पा। माथागढी गाउँपालिका वडा नम्बर ३ कसेनीको ओलेसमा खानेपानी आयोजना संचालनमा आएपछि स्थानीयलाई सहज भएको छ । आयोजनाको गाउँपालिका अध्यक्ष सन्तोष थापाले उद्घाटन गर्दै खानेपानी आयोजनासँगै स्थानीयलाई पानी बोक्नुपर्ने र पधेंरा धाउनुपर्ने बाध्यता हटेको बताउनुभयो ।
उपाध्यक्ष निर्मला भट्टराईले सबै उपभोक्तालाई शुभकामना दिदै सबै एकजुट भएर काम सम्पन्न गर्नु भएको हुदाँ धेरै राम्रो काम भएको सबैको घरमा पानी झरेपछि सबै महिलाको कार्यबोझ समेत कम हुने महिलाहरु सधैं पानी बोकेरै दिन विताउने समस्या पनि समाधान हुने भन्दै सहयोगी सबैलाई धन्यवाद समेत दिनु भएको छ ।
कार्यक्रममा वडा अध्यक्ष दिपक थापाले ओलेसका जनताको खानेपानी समस्या समाधान गर्न सबैले गर्नु भएको सहयोग एकजुट र ऐक्यबद्धता प्रति आभार प्रकट गर्नु भएको छ ।
योजना सञ्चालनमा विद्युत समस्या हटाउन सहयोग गर्नुहुने वितरण प्रणाली सुदृढीकरण विस्तार आयोजना सहायक ईन्जिनियर रोइन्द्रप्रसाद भण्डारीले कार्यक्रममा बोल्दै सबै उपभोक्ता मिलेर विद्युत समस्या समाधान गर्न गर्नु भएको सहयोग तथा योजना सम्पन्न गर्नु भएको काम प्रति आफू सन्तुष्ट भएको भन्दै योजनाको दिर्घायुको लागि उपभोक्ता सबै एकजुट हुन आग्रह समेत गर्नु भएको थियो ।
कार्यक्रममा सहयोगी ठेकेदार ठग्गा थारुलाई मायाको चिनो सम्मान पत्र सहित दोसल्ला ओडाएर सम्मान गरिएको थियो । भने खानेपानी मुहानमा गई प्रमुख अतिथि सन्तोष थापा बाट रिबन काटी उद्घाटन सहित मोटर अन गरि पानी सञ्चालन गरिएको थियो । ओलेस खानेपानी योजनाका अध्यक्ष खर्क बहादुर घर्ती मगरको अध्यक्षता नरमति चिदीको स्वागत मन्तव्य तथा कृष्ण सारुको सञ्चालनमा सम्पन्न भएको हो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij